केपी शर्मा ओलीः यसकारण प्रधानमन्त्री सत्ता र पार्टी सञ्चालन दुवैमा ‘खरो’ देखिएनन्

Girl in a jacket

[ad_1]


नेकपा

तस्वीर कपीराइट
RSS

Image caption

नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने कुरा उठेको छ

प्रधानमन्त्री केपी शर्मा ओली र उनको नेतृत्वको सरकारका कामकारबाहीलाई लिएर पछिल्लो समय उनकै पार्टीभित्र प्रश्नहरू उठिरहँदा केही राजनीतिशास्त्री तथा विश्लेषकहरूले त्यसका लागि स्वयं ‘प्रधानमन्त्रीकै कार्यशैली’ जिम्मेवार रहेको धारणा व्यक्त गरेका छन्।

पार्टीदेखि सरकारको नेतृत्वसम्मको विषयमा प्रधानमन्त्री ओली खरो उत्रिन नसकेको उनीहरूको ठम्याइ छ।

करिब साढे दुई वर्षअघि प्रधानमन्त्री ओलीको नेतृत्वमा वर्तमान सरकार गठन हुँदा देशले राजनीतिक स्थायित्व पाउने र विकासका कामले गति लिने धेरैको अपेक्षा थियो।

तर बेरोजगारीको समस्या सम्बोधन गर्नेदेखि हाल कोरोनाभाइरस महामारी नियन्त्रणसम्मका विषयमा प्रधानमन्त्री ओलीले बलियो नेतृत्वको अनुभूति दिलाउन नसकेको स्वयं सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीकै नेताहरूबाट सुनिन थालेको छ।

  • प्रधानमन्त्री ओली ‘पद नछोड्ने’ मनस्थितिमा, झलनाथ खनाल भन्छन्, ‘राजीनामाको विकल्प छैन’
  • प्रधानमन्त्री ओलीले आफूलाई पदबाट हटाउन खोजिएको भन्नुको अर्थ

राजनीतिशास्त्री कृष्ण पोखरेलका अनुसार भूकम्पपछि भारतले लगाएको अघोषित नाकाबन्दीका बेला ओलीले लिएको अडानले उनीप्रति विश्वास गर्ने एउटा आधार निर्माण गरेको थियो।

त्यसपछि उनले बहुमतको सरकारको नेतृत्व गरेपछि सर्वसाधारण नागरिकले थप अपेक्षा गर्न पुगेको पोखरेलको बुझाइ छ।

“जनताको त्यो अपेक्षा आंशिक रूपमा उनीबाट पनि थियो र भर्खरै यात्रा थालिएको नयाँ व्यवस्थाबाट पनि थियो,” उनले थपे।

“तर प्रधानमन्त्री ओलीको भनाइ र कामबीच ठूलो खाडल देखियो। अपेक्षा र कामका बीचमा क्रमशः दूरी बढ्दै गयो।”

प्रधानमन्त्री ओलीसँग जोडिएका अपेक्षा र बहुमतको सरकारप्रतिको दृष्टिकोणलाई लिएर अर्का राजनीतिशास्त्री कृष्ण खनालको चाहिँ केही भिन्न मत छ।

उनी भन्छन्, “बहुमत त प्रक्रियाको एउटा उत्पादन हो। त्यसलाई रूपान्तरण गर्न सक्ने हैसियत नेतृत्वको हो नि। क्षमता त नेतृत्वसँग हुन्छ।”

तस्वीर कपीराइट
RSS

‘विफलता ढाकछोप गर्ने प्रयास’

“मानिलिनूस् मेरो कद ५ फीट ३ इन्चको छ। तर ५ फीट ६ इन्चको मैले देखाउन खोजेँ भने के हुन्छ?” खनाल प्रश्न गर्छन्।

दुई दिनअघि प्रधानमन्त्री ओलीले आफूलाई पदबाट हटाउन खोजिएको सार्वजनिक रूपमै दाबी गरेका थिए।

तर राजनीतिशास्त्रीहरूले त्यसलाई ‘विफलता’ ढाकछोप गर्ने अभिव्यक्तिका रूपमा लिन्छन्।

  • पार्टी सञ्चालन विधिमा प्रश्न उठेको छ: झलनाथ खनाल
  • सरकारका दुई ‘विवादित’ अध्यादेश पाँचौँ दिनमै खारेज

“उहाँकै पार्टीभित्र तीन/तीन जना पूर्वप्रधानमन्त्री छन्, त्यो अनुभवको पुँजीलाई पनि प्रयोग गर्न सक्नुहुन्थ्यो। तर उहाँले पार्टीलाई पनि विश्वासमा लिन सक्नुभएन,” प्राध्यापक पोखरेलले भने।

प्राध्यापक खनाल पनि आफ्नो कमजोरीका लागि नेतृत्वले अरूलाई दोषी देखाउनुलाई स्वाभाविक ठान्दैनन्।

“राजनीतिमा खुट्टा तानातान नहुने होइन। तर ती सबैमा खरो उत्रिने क्षमतालाई नै नेतृत्व भनिन्छ। अरूतिर औँला तेर्स्याएर केही हुँदैन।”

‘गलत जग’

सङ्घीयतालाई फराकिलो बनाउनु र त्यसका बाटामा देखिएका अवरोधलाई हटाउनुको सट्टा प्रधानमन्त्री ओली शक्तिको केन्द्रीकरणमा लागेको राजनीतिक विश्लेषक चन्द्रकिशोरको ठम्याइ छ।

“अर्को कुरा जुन नारा र शैलीबाट उहाँले लोकप्रियता पाउनुभयो त्यसले भुइँ तहका समस्या समाधान गर्नेवाला थिएन,” उनले थपे।

“त्यसैले सत्तामा उहाँको पुनर्स्थापना नै गलत जगमा भयो जसको दुष्परिणाम जनताले भोग्नु थियो र त्यही भइरहेको छ।”

  • प्रधानमन्त्रीले पक्ष लिएको अमेरिकी सहायताको ‘विपक्षमा’ नेकपाकै नेता
  • भारतले नेपालसँग वार्ता गर्ने सम्भावना ‘न्यून’

प्रधानमन्त्री ओलीले आफूलाई सत्ताबाट हटाउन खोजिएको बताएको दुई दिनपछि सत्तारूढ नेकपाको स्थायी कमिटी बैठकमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल लगायतका नेताले राजीनामा माग गरेको विषयले नयाँ तरङ्ग ल्याइदिएको छ।

तर प्रधानमन्त्रीबाट आफूलाई सत्ताबाट हटाउन खोजिएको अभिव्यक्ति आउनुलाई उनी असुरक्षित महसुस गर्न थालेको रूपमा राजनीतिक विश्लेषक चन्द्रकिशोर बताउँछन्।

“उहाँ भित्रबाटै तर्सिनुभएको छ, उहाँको आत्मविश्वास हराएको छ।”

[ad_2]

Source link

Girl in a jacket