कोरोना भाइरस नेपालः थपिए ४७६ सङ्क्रमित, रौतहटमा एक व्यक्तिको मृत्यु भएको पुष्टि

Girl in a jacket

[ad_1]

ब्रेकिङ न्यूज

नेपालमा विगत २४ घण्टामा थप ४७६ जनामा कोरोनाभाइरस सङ्क्रमण र अर्का एक व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

यो वृद्धिसँगै सोमवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १३,२४८ पुगेको छ।

तीमध्ये ३,१३४ जना निको भएका छन् भने २९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

अहिले फेला परेका सङ्क्रमित व्यक्तिहरू विभिन्न जिल्लाका हुन्। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले आइसोलेशनमा भएका सक्रिय सङ्क्रमितको सङ्ख्या १०,०८५ छ।

  • प्रतिदिन १० हजारवटा परीक्षण हुन सकेन, सरकार भन्छ ‘आवश्यक छैन’
  • नेपालमा दिनदिनै यसरी बढिरहेको छ कोरोनाभाइरस सङ्क्रमण

अहिलेसम्म प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड-१९ भएका व्यक्ति भेटिएका छन्। सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ।

सङ्क्रमितहरूमा युवा र पुरुषको सङ्ख्या अधिक छ।

आइतवार ४६३ जनामा सङ्क्रमण पुष्टि भएको थियो। गत असार ४ गते एकै दिन सर्वाधिक ६७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

के छ अरू तथ्याङ्क?

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ७,७९१ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण२,१४२ गरिएको थियो।

यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या २,२३,६३० पुगेको छ।

क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।

coronavirus test

BBC

नेपालमा कोरोनाभाइरस सङ्क्रमण

असार १५ गते सोमवार अपराह्ण ४:३० बजेसम्मको तथ्याङ्क

  • १३,२४८कुल सङ्क्रमण

  • ७७प्रभावित जिल्ला

  • विगत २४ घण्टामा पीसीआर परीक्षण ७,७९१

  • चिकित्सकीय निगरानीमा अलग्गै १०,०८५

  • देशभरि क्वारन्टीनमा५७,३६८

  • अहिलेसम्म निको३,१३४

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

अहिले देशभरि ५७,००० भन्दा बढी व्यक्ति क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।

सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम, प्रदेश नं ५, कर्णाली र प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा मानिसहरू क्वारन्टीनमा छन्।

[ad_2]

Source link

Girl in a jacket