
सुरेश चुनारा बीच र सिवाङ्गी दुवे दायाँ ।
२० असोज, हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाडमा कुस्तीमा सहभागी नेपालका चारै खेलाडी पहिलो चरणमै पराजित भएका छन् ।
लिनान स्पोर्ट्स एण्ड कल्चरल एक्जिबिसन सेन्टरमा भइहरेको कुस्तीमा शनिबार प्रतिस्पर्धा गरेका नेपालका राज यादव र सुरेश चुनारा पहिलो खेलमै पराजित भएका हुन् ।
पुरुष फ्रिस्टाइल ८१ केजीमा प्रिक्वाटरफाइनल खेलेका राज कम्बोडियाका बाली सोउसँग १०-० ले पराजित भए । टेक्निकल सुपेरिटीको आधारमा बाली विजयी भएका हुन् ।
यस्तै पुरुष ७४ केजी फ्रिस्टाइलको प्रिक्वाटरफाइनलमा सुरेश चुनारा तुर्कमिनेस्तानका परमान होम्मादोभसँग ११-० ले पराजित भए । सुरशे पनि टेक्निकल सुपेरिटीकै आधारमा पराजित भए ।
कुस्तीमा सहभागि नेपालका चारै खेलाडी पहिलो खेलमै पराजित भएका हुन् ।
यसअघि महिला खेलाडीद्वय शिवाङ्गी दुवे र सुशिला चन्द पहिलो खेलमै पराजित हुँदै बाहिरिसकेका छन् ।