एमालेको कोशी अधिवेशनमा आज उम्मेदवारी दर्ता, भोलि मतदान

एमालेको कोशी अधिवेशनमा आज उम्मेदवारी दर्ता, भोलि मतदान


१३ असोज, विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । अधिवेशन एक दिन समय थप गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

प्रदेश निर्वाचन कमिटीले सार्वजनिक गरेको निर्वाचन तालिकामा शनिबार बेलुका ७ : १५ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र आइतबार विहान ७ बजेदेखि ४ बजेसम्म निर्वाचन गर्ने कार्यतालिका छ ।

निर्वाचन कार्यतालिका सार्वजनिक भएपछि आकांक्षीहरुले मनोनयन दर्र्ता गरिरहेको अधिवेशन स्थलमा रहेका नेकपा एमाले विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापाले बताए ।

नेकपा एमालेले शुक्रबार र शनिबारका लागि अधिवेशन गर्ने निर्णय गरेको थियो । तर निर्वाचन प्रक्रिया सुरु गर्नुपर्ने अवस्था भएपछि आइतबारसम्म समय थप गरेको हो । एमाले प्रदेश अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडा प्रमुख दाबेदार छन् ।

एमाले अधिवेशनका लागि ९९७ जना प्रतिनिधि आएका छन् । अधिवेशनबाट पाँच पदाधिकारीसहित २१५ सदस्यीय प्रदेश कमिटीका लागि निर्वाचन हुनेछ ।

हेर्नुहोस् कार्यतालिका



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्