नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त

नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त


१३ असोज, काठमाडौं । कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले सुर्खेतका विश्वकर्मालाई अध्यक्षमा नियुक्त गरेका हुन् ।

म्याद समाप्त भएपछि कांग्रेस विधानअनुसार दलित संघ विघटन भएको थियो ।

२०७२ सालमा अधिवेशन गर्नुपर्ने दलित संघले हालसम्म अधिवेशन गर्न सकेको थिएन ।  गत साउनको केन्द्रीय समिति बैठकले पूर्वअध्यक्ष मीन विश्वकर्माको समितिलाई भंग गरेको थियो ।



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्