श्रीको जहाजमा उड्दा-उड्दै समस्या, बुद्धको जहाज ‘ट्याक्सी वे’बाटै फिर्ता

श्रीको जहाजमा उड्दा-उड्दै समस्या, बुद्धको जहाज ‘ट्याक्सी वे’बाटै फिर्ता


फाइल तस्वीर

१२ असोज, काठमाडौं । श्री एयरलाइन्सको एसएचए १६०१ उडानको जहाजमा उड्दा-उड्दै समस्या देखिएपछि आकस्मिक अवतरण गर्नु परेको छ ।

शुक्रबार माउण्टेन फ्लाइटमा उडेको जहाजको दायाँ इन्जिनबाट इन्धन लिकेज भएको अवस्थामा चालकले इमर्जेन्सी मागेका थिए ।

त्यसपछि जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो । यो जहाज त्रिभुवन विमानस्थलबाट ५८ नटिकल माइल उडिसकेको थियो । पाइलटले आकस्मिक अवतरणसँगै थप सहयोग समेत मागेका थिए । सो जनाउ दिन पाइलटले ‘प्यान’, ‘प्यान’, प्यान’ भन्ने गरिन्छ ।

शुक्रबार नै इन्डिकेसन समस्याका कारण पोखरा उड्नै लागेको बुद्ध एयरको बीएचए ६१९ जहाज ‘पार्किङ वे’मै फर्काउनु परेको छ । अपरान्ह ‘ट्याक्सी वे’बाट जहाजलाई फर्काइएको विमानस्थल स्रोतले जनाएको छ ।

पछिल्लो समय जहाजहरुमा स–साना समस्या देखिंदा उडान प्रभावित हुने घटना निरन्तर वृद्धि भइरहेका छन् ।



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्