एमाले बागमतीमा उम्मेदवारी दर्ता सुरु, अध्यक्षमा ढुंगेल र दाहालको उम्मेदवारी

एमाले बागमतीमा उम्मेदवारी दर्ता सुरु, अध्यक्षमा ढुंगेल र दाहालको उम्मेदवारी


अध्यक्षमा उम्मेदवारी दर्ता गराउँदै कृष्णप्रसाद दाहाल । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर ।

१० असोज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम सुरु भएको छ ।

बुधबार अपरान्ह पार्टी कार्यालय च्यासलमा विभिन्न पदका आकांक्षीहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्षमा रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालले उम्मेदवारी दर्ता गराएका निर्वाचन समितिले जनाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले ढुंगेलको नाममा सर्वसम्मतिको प्रयास गर्न आफूनिकटका नेताहरुलाई निर्देशन दिए पनि दाहालले नमानेपछि निर्वाचन हुन लागेको एमाले स्रोतको भनाइ छ ।



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्