कलंकीमा खुल्यो पहिलो विशेष केएफसी – Online Khabar

कलंकीमा खुल्यो पहिलो विशेष केएफसी – Online Khabar


६ असोज, काठमाडौं । देवयानी इन्टरनेशनल नेपाल प्रालिले काठमाडौंको कलंकीमा विशेष केएफसी रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ ।

२३ सेप्टेम्बर अर्थात् अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा शनिबार विशेष रुपमा बोल्ने र श्रवण शक्ति नभएका महिलाहरुद्वारा सञ्चालित विशेष केएफसी सञ्चालनमा ल्याएको हो ।

‘रेस्टुरेन्टमा त्यस्ता फरक क्षमता भएका जोशपूर्ण र समर्पित महिलाहरुको टोली सम्पूर्ण रेस्टुरेन्ट व्यवस्थापन गर्न सीपहरुले प्रशिक्षित छ । यो पहल देवयानी इन्टरनेशनल नेपाल र केएफसीको सबैका लागि समान अवसरहरु सिर्जना गर्ने यात्रामा एक महत्वपूर्ण उपलब्धी हो’, देवयानी इन्टरनेशनलले विज्ञप्तिमा भनेको छ ।

केएफसी इन्डिया र नेपालका प्रमुख कार्यकारी अधिकृत रजत लुथराले विशेष रुपमा बोल्ने र श्रवणशक्ति नभएका महिलाहरुद्वारा सञ्चालित पहिलो केएफसी रेस्टुरेन्ट सञ्चालन भएकामा खुशी व्यक्त गरे ।

‘यो एक संस्थाको रुपमा देवयानी इन्टरनेशनल नेपालको लागि महत्वपूर्ण उपलब्धी हो र हामीलाई विश्वास छ विविधता र समावेशीताले हाम्रो समुदायलाई समान बनाउन मद्दत गर्दछ’, उनले भने ।

लेप्रोसी मिसन नेपालको समर्थनले विशेष केएफसी सञ्चालनका लागि विशेष टोली संयोजन गर्न सफल भएको सीईओ लुथराले बताए । आगामी दिनमा विशेष रुपमा बोल्ने र सुन्ने क्षमता नभएका व्यक्तिहरुका लागि थप रोजगारीको अवसर सिर्जना गर्ने र यस्ता रेस्टुरेन्टहरु थप गर्दै जाने देवयानी इन्टरनेशनलले जनाएको छ ।

केएफसी विश्वव्यापी चिकेन रेस्टुरेन्ट ब्रान्ड हो, जसको विश्वका १४५ देशमा २६ हजार भन्दा बढी रेस्टुरेन्ट सञ्चालन भइरहेका छन् ।

हेर्नुहोस् भिडियो



तस्वीर र भिडियो : आर्यन धिमाल/अनलाइनखबर



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्