टाटाले भित्र्यायो व्यावसायिक प्रयोजनका लागि विद्युतीय गाडी

टाटाले भित्र्यायो व्यावसायिक प्रयोजनका लागि विद्युतीय गाडी


५ असोज, काठमाडौं । टाटा मोटर्सले नेपालमा विद्युतीय कर्मसियल गाडी नेपालमा भित्र्याएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले व्यावसायिक प्रयोजनको नयाँ विद्युतीय गाडी बिहीबार सार्वजनिक गरेको हो ।

सिप्रदीले बिहीबार एक कार्यक्रमबीच टाटा एस–ईभी पिकअप भ्यान सार्वजनिक गरेको हो । योसँगै सिप्रदी व्यावसायिक ईभीमा समेत प्रवेश गरेको छ । अहिले कम्पनीले नेक्सन, टिगोर र टियागो बिक्री गरिरहेको छ ।

टाटा मोटर्सको कमर्सियल भेहिकल इन्टरनेसनल बिजनेस एन्ड स्ट्राटेजी प्रमुख अनुराग मेहरोत्रा र सिप्रदीका एक्जुकेटिभ चेयरम्यान सिद्धार्थ राणाले नयाँ ईभी सार्वजनिक गरे ।

सार्वजनिक भएको एस–ईभीको नेपाली बजारमा २९ लाख ५० हजार रुपैयाँ मूल्य तोकिएको छ । फेस्टिभ अफरमा २६ लाख ९९ हजार रुपैयाँ मूल्य कायम गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा अनुराग मेहरोत्राले टाटा र सिप्रदीबीचको सम्बन्ध ४ दशकदेखिको रहेको बताए । राणाले टाटा मोटर्सको कमर्सियल ईभी अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक हुनेमा नेपाल पहिलो रहेको बताए ।

तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्