ग्राउण्डेड भएको ३ महिनापछि इन्जिन मर्मतका लागि नेवानिको जहाज इजरायल पठाइँदै

ग्राउण्डेड भएको ३ महिनापछि इन्जिन मर्मतका लागि नेवानिको जहाज इजरायल पठाइँदै


फाइल तस्वीर

३१ भदौ, काठमाडौं । झण्डै तीन महिना ग्राउण्डेड गरी थन्किएको नेपाल एयरलाइन्सको न्यारोबडी नाइनएन–एकेएक्स जहाज इन्जिन मर्मतका लागि इजरायल पठाइने भएको छ ।

नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलका अनुसार यो जहाजको इन्जिन मर्मतका लागि एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ष्ट्रिजसँग लिजसहितको इन्जिन मर्मत सम्झौता भएको थियो ।

सोही सम्झौता अनुसार एमआरओ कम्पनीले १८ सेप्टेम्बरलाई स्लट दिएको र त्यसका लागि जहाज आइतबार राति साढे ११ बजे इजरायल उड्न लागेको पौडेलले बताएका छन् ।

यो जहाजलाई मर्मतका लागि लैजान बाँकी चार साइकल बाँकी राखेर ग्राउण्डेड भएको थियो । यो जहाज मर्मतपछि २२ सेप्टेम्बर २०२३ मा काठमाडौं फर्कने भएको छ । प्रवक्ता पौडेलका अनुसार १२ जुन २०२३ मा ४५ दिनको म्याद राखेर टेण्डर आह्वान भएको थियो ।

सोही अनुसार एमआरओ कम्पनीसँग सम्झौता भएको हो । लामो समय जहाज ग्राउण्डेड हुँदा नेवानिले करोडौं आम्दानी गुमाइसकेको छ ।

कुल चार वटा जहाज रहेको नेवानिले अहिले ३ वटा जहाजबाट मात्र अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।

लामो समय जहाज ग्राउण्डेड भई आम्दानी गुमाइरहेको सन्दर्भमा भइरहेको आलोचनालाई भने निगमले वास्तविकता बुझ्ने प्रयास नगरी, वस्तुगत यथार्थमा आधारित नभई निगमको साखमा आँच आउने र कर्मचारीको मनोवल गिर्ने किसिमले भइरहेको भन्दै आरोप लगाएको छ ।

हेर्नुहोस् विज्ञप्तिः 



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्