२२ लाखमै कम्प्लिट विद्युतीय कार – Online Khabar

२२ लाखमै कम्प्लिट विद्युतीय कार – Online Khabar


३१ भदौ, काठमाडौं । ‘काठमाडौंमा ४ जनाको सानो परिवारका लागि चिटिक्कको कार, महँगो पेट्रोल भर्न लाइन पनि लाग्न नपर्ने हेर्दा पनि कति राम्रो,’ नाडा अटो शोको मुख्य प्रवेशद्वारको सामुन्ने रहेको टाटाको स्टलमा नितेश शाक्य आफ्नो परिवारका सदस्यलाई टियागो इभी कार देखाएर भन्दै थिए ।

यो कार चलाउँदा वर्षमा एक देखि डेढ लाख रुपैयाँ पट्रोल खर्च पनि जोगिने देखियो उनले अनुमान गरेका छन् । घरको सानो स्पेसमा पनि पार्किङ गर्न मिल्ने भएपछि उनलाई यो गाडीले थप आकषिर्त गराएको छ । ‘पेट्रोलबाट उम्किने उपाय खोजीमा थिएँ टियागो इभी गज्जबको बिकल्प आयो,’ उनले भने ।

काठमाडौंमा चलिरहेको गाडीहरुको मेला नाडा अटो शो २०२३ मा पेट्रोलियम गाडीबाट फड्को मार्ने विकल्पमा विद्युतिय कारहरु देखिएका छन् । तिनैमध्येको उपभोक्ताले धेरै रुचाएको टाटा मोटर्सको विद्युतीय कारहरुको प्रदर्शनीमा उपभोक्ताको थेगिनसक्नु भीड छ ।

नेपालका टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले बिक्री गरिरहेको नेक्सन र टियागो इभी कारमा उपभोक्ताले खास चासो दिंदै बुकिङ गरिरहेको कम्पनीका प्रतिनिधि उत्तम खत्री बताउँछन् । खत्रीका अनुसार यसपटक नाडा अटो शोमा कम्पनीले २ विद्युतीय र एक पेट्रोल गाडी राखेको छ । मेलाको चौथो दिनसम्म आइपुग्दा ति गाडीमा उपभोक्ताको चासो र बुकिङ उत्साहप्रद रहेको उनी बताउँछन् ।

अहिले टाटाको नेक्सन इभी म्याक्सको नयाँ भेरियान्ट ४४ लाख ९९ हजारको लङ रेन्जकार ल्याइएको छ । यस्तै, पेट्रोल भेरियन्टमा टाटा पञ्ज गाडी ल्याएको छ । हृयाचब्याक चलाइरहेका ग्राहकलाई एसयूभीमा जानका लागि सजिलो होस भनेर हामीले यो कार ल्याएका छौं । ३३ देखि ४३ लाख रुपैयाँको मूल्य रेन्जमा १८७ एमएमको ग्राउण्ड क्लेरेन्स भएको यो गाडी अहिले नाडामा छ ।

यो कारको विश्वको सुरक्षामा फोर स्टार रेटिङ पाइएको छ । यस्तै, ३.७ मिटर लामो र ५ जना मज्जाले बस्न मिल्ने हृयाचब्याक टियागो इभी टाटाको अर्को प्रडक्ट हो । यो दुई वटा रेन्जमा उपलब्ध छ । भारतमा तहल्का मच्चाएको यो कारको नेपालको बुकिङ पनि सारै राम्रो रहेको खत्री बताउँछन् ।

मिडियम रेन्जको टियागो इभीले एकपटकको फुल चार्जमा २५० किलोमिटर र लङ रेन्जमा ३१५ किलोमिटर कुदाउन सकिन्छ । यो गाडी दुई भेरियन्टका लागि कुल ५ वटा भेरियन्टहरु उपलब्ध छन् ।

प्रतिकिलोमिटर २ रुपैयाँभन्दा कम मूल्यमा गाडी चढ्न सकिन्छ । कसैले दैनिक ५० किलोमिटर गाडी कुदाउँछ भने पेट्रोलको तुलनामा २ लाख ७० हजार वर्षमा बचत हुन्छ । टाटाको टियागो २१ लाख ९९ हजार देखि २७ लाख ९९ हजार रुपैयाँसम्ममा उपलब्ध छ । अहिले बैंक ब्याजदर १० देखि ११ प्रतिशत रहेको बेलामा ८० प्रतिशत फाइनान्सिङ हुने भएकाले विद्युतीय कार किन्न सहज पनि छ ।

टियागोको ग्राउण्ड क्लियरेन्स १६५ एमएम छ । यसको चार्जिङ अप्सन ३ वटा छ । ५८ मिनेटमै फष्ट चार्ज गर्न सकिन्छ । एसी फाष्ट चार्जमा पनि यो कार साढे ३ घण्टामै घरमै चार्ज गर्न सकिन्छ । यस्तै १५ एम्पीयरको सकेटबाट घरमै चार्ज गर्ने हो भने पनि ८ घण्टामै घरमा पनि चार्ज गर्न सकिन्छ । थोरै डाउन पेमेन्टमा किन्न सकिने, सस्तो ब्याजमा किन्न सकिने र पेट्रोलमा प्रतिकिलोमिटर १४ रुपैयाँ खर्च हुनेमा त्यो बचत हुने भएकाले यो गाडी नेपाली इन्ट्री लेभलको उपभोक्ताका लागि निकै आर्कषक रहेको टाटाको दाबी छ ।

यो गाडीमा सुरक्षाका हिसाबले एबीएस ईबिडी हुन्छ, यस्तै इन्डाइरेक्ट टायर प्रेसर मनिटरिङ प्रणाली पनि कारमा छ । यस्तै सेफ्टी रेटिङमा पनि टियागोले ५ स्टार प्राप्त गरेको छ । यसमा २ वटा एयर ब्याग रहेको खत्रीको भनाइ छ ।

त्यस्तै, नेपालमा अहिले सबैभन्दा लोकपि्रय रहेको टाटा नेक्सन इभी म्याक्सको नयाँ भर्सन पनि नाडा अटो शोमा उपलब्ध गराइएको छ । ४ सय ५३ किलोमिटर रेञ्न दिने यो गाडी ४४ लाख ९९ हजार रुपैयाँमै उपलब्ध हुनेछ ।

नेक्सन ईभी म्याक्स र यसका विशेषताहरु

मूल्य : ४४ लाख ९९ हजार

मोटर : ९५ किलोवाट

अधिकतम् पावर : १२९ पीएस

अधिकतम् गति : १२० किलोमिटर प्रतिघण्टा

ब्याट्री क्षमता : ४०.५ किलोवाट प्रतिघण्टा

चार्जिङ समय : ३.३ किलोवाट चार्जर १५ घण्टा

७.२ किलोवाट चार्जर ६.५ घण्टा

५० किलोवाट डिसी चार्जर सपोर्ट

रेन्ज : ४५३ किलोमिटर

सिट क्षमता : ५

सुरक्षा : एयर ब्याग, एबीएस, ईबीडी र एचए

ग्राउण्ड क्लियरेन्स : २०५ एमएम

टाटाको टियागो ईभी र यसका विशेषता

मूल्य : २१ लाख ९९ हजार देखि २७ लाख ९९ हजारसम्म

मोटर : पर्मानेन्ट म्याग्नेट सिन्क्रोन्युअस मोटर

४५ किलोवाट मिडियम रेन्ज

४९.०१ किलोवाट लङ रेन्ज

अधितम् पावर : मिडियम रेन्ज ६१ पीएस

लङ रेन्ज ६६ पीएस

अधिकतम् गति : १२० किलोमिटर प्रतिघण्टा

ब्याट्री क्षमता : १९.२ किलोवाट प्रतिघण्टा मिडियम रेन्ज

२४ किलोवाट प्रतिघण्टा लङ रेन्ज

चार्जिङ समय : १५ ए चार्जर

६.९ घण्टा मिडियम रेन्ज

८.७ घण्टा लङ रेन्ज

रेन्ज : २५० किलोमिटर मिडियम रेन्ज

३१५ किलोमिटर लङ्गरेन्ज

सीट क्षमता : ५

सुरक्षा : एयर ब्याग, एबीएस, आईटीपीएमएस र एचएसी

शंकर गिरी : १६५ एमएम

भेरियन्ट : एक्स ई, एक्स टी, एक्स जेड प्लस र एक्स जेड टेक प्लस

टाटा पञ्च पेट्रोल एसयूभी

मूल्य : ३३ लाखदेखि ४३ लाखसम्म

इन्जिन : २.१ लिटर रिर्भोटन पेट्रोल, ३ सिलिण्डर

अधितम् पावर : ८६ पीएस एट ६००० आरपीएम

गियर : ५ स्पीड म्यानुअल, अटोमेटिक

अधिकतम् गति : १५० किलोमिटर प्रतिघण्टा

इन्धन क्षमता : ३७ लिटर

माइलेज : १८ किलोमिटर प्रतिघण्टा

टायर : ट्युबलेस

सीट क्षमता : ५

सुरक्षा : डियुल एयर ब्याग, एबीएस, इबीडी

ग्राउण्ड क्लियरेन्स : १८७ एमएम

तस्वीर र भिडियो :  शंकर गिरी/ अनलाइनखबर ।





Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्