प्रधानमन्त्री प्रचण्डले भेटे राष्ट्रपति – Online Khabar

प्रधानमन्त्री प्रचण्डले भेटे राष्ट्रपति – Online Khabar


फाइल तस्वीर ।

३० भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

शनिबार राष्ट्रपति भवन शीतल निवास पुगेर प्रचण्डले राष्ट्रपति पौडेललाई भेटेका हुन् ।

भेटका क्रममा प्रचण्डले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएका थिए ।

साथै भेटवार्तामा समसामयिक विषयमा पनि छलफल भएको थियो ।



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्