नेम्वाङलाई श्रद्धाञ्जली दिँदा भावुक बनिन् पूर्वराष्ट्रपति भण्डारी

नेम्वाङलाई श्रद्धाञ्जली दिँदा भावुक बनिन् पूर्वराष्ट्रपति भण्डारी


२६ भदौ, काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पनि एमाले पार्टी कार्यालय, च्यासल पुगेकी छन् ।

सोमबार राति निधन भएका नेम्वाङको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ । त्यहाँ पुगेकी पूर्व राष्ट्रपति भण्डारी भावविव्हल भइन् । पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुसँग बसिरहेकी उनले बारम्बार आँशु पुछिन् ।

उनले नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डासमेत ओढाएकी छन् ।



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्