पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध – Online Khabar

पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध – Online Khabar


फाइल तस्वीर ।

२६ भदौ, भरतपुर (चितवन) ।  सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका-६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारी दिए ।

अहिले पहिरो पन्छाउने तयारी गरिएको छ । सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यमा हिंडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।

पहिरो पन्छाउन ‘लोडर’ र ‘एक्साभेटर’ तयारी अवस्थामा रहेको प्रहरी प्रमुख तामाङले बताए । नारायणगढ-मुग्लिन सडकखण्ड पटक-पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।

 



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्