म्यानमारविरुद्ध खेल्ने नेपाली फुटबल टिममा को को ? – Online Khabar

म्यानमारविरुद्ध खेल्ने नेपाली फुटबल टिममा को को ? – Online Khabar


नेपाली फुटबल टिमको प्रशिक्षणको फाइल तस्वीर ।

२५ भदौ, काठमाडौं । म्यानमारविरुद्ध हुने दोस्रो मैत्रीपूर्ण खेल खेल्ने नेपाली फुटबलको टिमका सदस्यको नाम सार्वजनिक भएको छ ।

मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले पहिलो खेलमा खेलाएको टोलीलाई नै निरन्तरता दिएका छन् । नेपाली टिमको गोलकिपरमा कप्तान किरणकुमार लिम्बु छन् भने रोहित चन्द, अनन्त तामाङ र शनिस श्रेष्ठ डिफेन्समा छन् ।

मिडफिल्डमा लकेन लिम्बु र आभास लामिछाने छन् । फरवार्डमा आयुष घलान, मनिष डाँगी, आशिष चौधरी, जिलेस्पी जंग कार्की र अन्जन विष्ट छन् ।

नेपाल र म्यानमारबीचको खेल यांगुनस्थित थुवुना रंगशालामा नेपाली समयअनुसार अपरान्ह सवा ४ बजे सुरु हुनेछ ।

यसअघि शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।

पिफा विश्वकप छनोटको प्रारम्भिक चरणको खेल खेल्ने तयारीमा रहेको नेपालले त्यसैको तयारीस्वरुप म्यानमारसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

नेपालले विश्वकपको प्रारम्भिक छनोटमा लाओससँग अक्टोबर १२ र १७ र होम एण्ड अवेको आधारमा दुई खेल खेल्नेछ ।



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्