लण्डनमा नेपाली फिल्म ‘गोर्खा वारिअर’को प्रिमियर (तस्वीर)

लण्डनमा नेपाली फिल्म ‘गोर्खा वारिअर’को प्रिमियर (तस्वीर)


काठमाडौं । मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारिअर’लाई लण्डनमा रेडकार्पेट प्रिमियर गरिएको छ । स्थानीय लेस्टर स्क्वायरस्थित आइम्याक्स सिनेवर्ल्डमा आयोजित समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथिको रुपमा सहभागी भए ।

बेलायतस्थित नेपाली डायस्पोराको खचाखच रहेको समारोहमा नेपालबाट पुगेका फिल्म निर्माता, निर्देशक, कलाकार र पत्रकारको बाक्लो उपस्थिति थियो । उक्त अवसरमा गोर्खा भेट्रानहरुलाई सम्मान गरियो । कृत्रिम खुट्टाको सहयोगमा सगरमाथा चढेका हरिबहादुर बुढा समेत समारोहमा उपस्थित थिए ।

निर्देशक चाम्ससहित फिल्मका कलाकारहरु रितेश चाम्स र रेविका गुरुङ प्रिमियरमा सहभागी रहे । दीया पुन परिवारसहित देखिइन् । कार्यक्रममा सहभागी हुन धीरेन शाक्य, सन्तोष सेन, प्रेम पुरी, ज्योति राई, जनकदीप पराजुलीसहित पत्रकारहरु लण्डन पुगेका छन् । बेलायती सेनाको गोर्खा बटालियनले दोस्रो विश्वयुद्धको क्रममा मलायामा लडेको बहादुरीपूर्ण लडाइँको कथा फिल्मले पेश गर्छ । फिल्मलाई यसै वर्षभित्र नेपालमा रिलिज गर्ने तयारी रहेको निर्देशक चाम्सले जानकारी दिए ।

तस्वीर सौजन्य : कुशल श्रेष्ठ



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्