मानवीय अवस्था चित्रण गर्ने दार्शनिक खोज – Online Khabar

मानवीय अवस्था चित्रण गर्ने दार्शनिक खोज – Online Khabar


काठमाडौं । सानो केटाले कागजको फिरफिरे बनाउन छिमेकीबाट सियो उधारो माग्छ । केहीबेर खेलिसकेपछि टाढै बसेका उसका बुवा माइला (दयाहाङ राई)ले छोरालाई बोलाउँछन् । माइलाको काँधमा बाँसको छडी छ । उनी छोरा बिन्द्रे (प्रसन राई)लाई मायालु नजरले हेर्छन्, यो क्षणले बाबु र छोराको घनिष्ठ सम्बन्धलाई संकेत गर्छ ।

नवीन सुब्बाको पछिल्लो फिल्म ‘अ रोड टु भिलेज अर्थात् गाउँ आएको बाटो’ मानवीय अवस्थाको एउटा परीक्षा हो । यसले आमाबाबु र बच्चाबीचको सम्बन्धलाई अन्वेषण गर्छ । साथै अवसर र आधुनिकताले कसरी परिवारका सदस्यबीचको सम्बन्धलाई असर पार्छ भन्ने चित्रण गर्छ ।

‘गाउँ आएको बाटो’ले हामीलाई पूर्वी नेपालको पहाडी क्षेत्रमा टोकरी बुन्दै साधारण जीवन बिताउने माइलासँग परिचित गराउँछ । ऊ कता-कता आक्रोशित पनि देखिन्छ तर माइला श्रीमती माइली (पशुपति राई)को लागि मायालु श्रीमान् र आफ्नो सात वर्षीय छोरा बिन्द्रेको प्यारो बुबा हो ।

फिल्मको शीर्षकले एउटा सडकलाई जनाउँछ, जुन निकै मुस्किलपछि गाउँमा बनाइएको थियो । गाउँले पनि यो सडकलाई विकासको आशिर्वादको रुपमा हेर्छन् । गाउँमा आइपुगेको पहिलो बसलाई उनीहरु आशिर्वाद दिइरहेको देख्न सक्छौं । यसअघि कहिल्यै महसुस नगरेको सुविधाको उपभोग गर्न पाएकोमा उनीहरुको उत्साह त्यहाँ देखिन्थ्यो ।

गाउँमा सडक र बस आइसकेपछि यतिबेला सोडा, टेलिभिजन र हिपहप संगीत जीवनको हिस्सा बन्न थालेको छ । यी चीजले गाउँको शान्तिलाई असर पार्ने पक्का छ ।

महेश राईसँग मिलेर लेखेको पटकथामा निर्देशक नवीन सुब्बाले दुईवटा असमानताका बिन्दूहरु चित्रण गरेका छन् । जसरी आधुनिक सुविधा गाउँमा भित्रिन थाल्छ, उसैगरी माइलाको जीवन पनि उसैगरी खुल्न थाल्छ । माइलालाई लाग्न थालेको छ, अब उसका लागि टोकरी बुन्ने काम छिमेकीका लागि उति आकर्षक पेशा रहेन ।

आफ्नो व्यापार नै परिवार जीविकोपार्जनको एक मात्र स्रोत भएकाले अब यो पेशालाई निरन्तरता दिने वा गाउँबाट बाहिरिने सोचको बीचमा माइला फसेको देखिन्छ ।

फिल्मले बिन्द्रेलाई पनि पछ्याउँछ जो जिज्ञासाले भरिएको छ । ऊ प्रायजसो आफूलाई मन नपर्ने स्कुले साथीसँग झगडा गर्छ । बिजुली जाँदा पनि किताब पढ्छ र नियमित रूपमा आफूलाई मन नपर्ने एक विशेष सहपाठीसँग झगडा गर्छ, बिजुली डाउन हुँदा बेइज्जतीका साथ अध्ययन गर्छ र कराउँछ । कागजको जहाज बनाउन किताबका पाना च्यात्छ । सडकले गाउँमा ल्याउने विकासको फाइदा लिन ब्रिन्द्रेले स्रोतसाधनको प्रयोग गरेर अघि बढ्न खोज्छ ।

जोस हेरुमको छायांकन र हेइदी लीको संगीतमार्फत निर्देशक सुब्बाले पात्रहरुको डर, उत्साह र अनिश्चितताको भावनालाई चित्रण गरेका छन् । अन्ततः यी पात्रहरु जसले आधुनिक विश्वबाट निकै पछाडि पारिएको संसारमा बाँच्न लडाइँ जारी राख्छन् । विशेषगरी माइलाले तनावपूर्ण अभिभावकीय जिम्मेवारीको प्रतिनिधित्व गर्छ । खासगरी पुरुषले नै दायित्व लिनुपर्ने संस्कृति भएको समाजमा यो प्रवृत्ति अझै बढी हुन्छ । हो, गाउँ जाने बाटोले गाउँलेलाई अवसर त दिन्छ । साथै, यसले परिवारको दायित्व निर्वाह गर्न उसले खेल्नुपर्ने क्षमतामाथि पनि प्रश्न गर्छ ।

फिल्मको एक महत्वपूर्ण दृश्यमा माइलाले काम गर्न विदेश गएको एक साथीले प्रशस्त उपहार लिएर फर्किएको देख्छ । यो भन्न जरुरी त छैन तर यो दृश्यले माइलालाई पनि गाउँ छाड्ने उसको सोचमा बल प्रदान गर्छ । छोरा बिन्द्रेले पनि त्यो बिलासिताको लोभमा बुबा माइलासँग तुलना गर्न खोज्छ । धेरै कमाउनका लागि गाउँबाहिर जाने कि नजाने भनेर छोराले बुबा माइलालाई दबाब दिन्छ ।

म विश्वास गर्छु, माइलाको जीवन र मनभित्रको यो उथलपुथलले मानवीय अवस्थाको दार्शनिक अर्थ खोज्ने काम गर्छ । परिवर्तनशील संसारमा मानिसले लड्ने यो साझा लडाइँको कथा हो जहाँ प्रगति गर्ने इच्छा सांस्कृतिक सम्पदा र व्यक्तिगत पहिचानको रक्षा गर्ने इच्छासँग टकराव हुन्छ । दयाहाङ राईको प्रस्तुतिले दर्शकलाई एकभन्दा धेरै तरिकाबाट प्रभावित तुल्याएको छ । उनीसँगै हामीले परिवारको लागि राम्रो जीवन पछ्याउने सोचिरहेका छौं ।

बसको पछाडिको भागमा नेपाली भाषामा लेखिएको सोच्न उत्प्रेरित गर्ने तरिकासँगै फिल्म समाप्त हुन्छ । र प्रख्यात नेपाली गायक राजेशपायल राईले हेइदी लीले लेखेको थिम गीत ‘आ लङ्ने’ गाउन थालेपछि दर्शकको घाँटीमा केही अड्किएको महसुस हुन्छ । प्रगति, परम्परा र अदम्य भावनाका विषयवस्तुलाई सम्बोधन गर्दै फिल्म ‘गाउँ आएको बाटो’ मानवीय अवस्था चित्रण गर्ने एक दार्शनिक खोज हो ।

(नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ टोरन्टो फिल्म फेस्टिभलमा प्रिमियर भएको छ । यो समीक्षा भी बफ’ पोर्टलबाट अनुवाद गरिएको हो । यो समीक्षा पौल इमानुएल एनिकोलाले लेखेका हुन् ।)



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्