कञ्चनपुरमा सेफ्टी ट्याङ्कीमा फसेर हात्तीको मृत्यु

कञ्चनपुरमा सेफ्टी ट्याङ्कीमा फसेर हात्तीको मृत्यु


Photo Credit : अर्जुन सिंह ठकुरी

३२ साउन, धनगढी । कञ्चनपुरमा सेफ्टी ट्याङ्कीमा फसेर जंगली हात्तीको मृत्यु भएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको शुक्लाफाँटा नगरपालिका-७ कालापानीको वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयको सेफ्टिट्यान्कीमा परेको अवस्थामा हात्ती मृत भेटिएको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख किशोरकुमार मेहताले हात्तीको पछाडिको शरीर सेफ्टी ट्याङ्कीमा परेको अवस्थामा मृत भेटिएको जानकारी दिए ।

मेहताले मृत भेटिएको हात्तीलाई सेफ्टीट्याङकीबाट निकालेर शव परीक्षण गरेर अन्त्येष्टि गरिने बताए ।



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्