मुगुमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु – Online Khabar

मुगुमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु – Online Khabar


फाइल तस्वीर

३० साउन, काठमाडौं । मुगुमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै हुम्लाको सर्केगाड गाउँपालिका वडा नं. २ रिप गाउँका छन् ।

सोरु गाउँपालिकाबाट सदरमुकाम गमगढी जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप सोमबार अपराह्न मुगुको सोरु गाउँपालिका-७ चिप्लेगाडामा दुर्घटना भएको थियो ।

प्रहरी नायब उपरीक्षक महेश बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्लाको सर्केगाड गाउँपालिका वडा नं. २ का एकै नाम थरका दुई जना राम परियार, प्रकाश बोहोरा र पिउस परियार रहेका छन् ।

दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा मुगुको सोरु गाउँपालिका-७ चालक दिनेश लावड, सोरु-५ का गोविन्दा शाही र लोकजङ्ग नेपाली छन् । नेपाली सोरु-५ का वडा सदस्य हुन् ।

यसैगरी सोरु-६ का सेरे रोकाया र हुम्ला सिमीकोट-२ का उदीप बोहोरा पनि घाइते भएका प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।

 



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्