महाकालीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा सवारीसाधन आवागमनमा रोक

महाकालीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा सवारीसाधन आवागमनमा रोक


फाइल तस्वीर ।

२९ साउन, धनगढी । महाकाली नदीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।

लगातारको वर्षापछि नदीमा पानीको बहाव बढेर एक लाख क्युसेक नाघेपछि आइतबार साँझदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले शारदा ब्यारेजमा बिहान ८ बजे पानीको सतह एक लाख ७२ हजार क्युसेक मापन गरिएको जानकारी दिए ।

उनकाअनुसार एक लाख क्युसेक नाघेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधनमा आइतबार साँझदेखि रोक लगाइएको थियो ।

राति पानीको सतह बढे पनि सोमबार बिहानदेखि भने घट्दो क्रममा रहेको डीएसपी डाँगीले बताए ।



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्