युरोप भम्रण छोट्याएर माधव नेपाल भोलि स्वदेश फर्किंदै  

युरोप भम्रण छोट्याएर माधव नेपाल भोलि स्वदेश फर्किंदै  


बार्सिलोनामा नेपाली समुदायसँग पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ।

२७ साउन, बार्सिलोना । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले युरोप भम्रण छोट्याउदै आइतबार नेपाल फर्कने भएका छन् । स्वीट्जरल्यान्डबाट दुई दिनअघि स्पेन आएका उनी म्याड्रिडस्थित नेपाली दूतावासमा छन् ।

पूर्वप्रधानमन्त्री नेपाल आइतबार म्याड्रिडबाट कतार एयरलाइन्स हुँदै नेपाल फर्कन लागेका उनी निकट स्रोतले जानकारी दिएको छ ।

ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले हालै पिरामिडको माथिल्लो तहसम्म छानबिन गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि विदेश भ्रमणमा गएको भन्दै आलोचना खेपिरहेका बेला उनले १० दिने भम्रणलाई छोट्याएका हुन् ।

पूर्वप्रधानमन्त्री नेपालको यसअघि भदौ १ गते स्वदेश फर्किने कार्यक्रम थियो । प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनि सोमबार स्वीट्जरल्यान्डको जेनेभा आएका थिए । उनले क्रोएसिया र बेलायत जाने कार्यक्रम रद्ध गरेका हुन् ।

फर्किनुअघि बार्सिलोना घुम्दै 

आइतबार नेपाल फर्कने तयारी गरिरहेका पूर्वप्रधानमन्त्री नेपाल शनिबार बार्सिलोना आइपुगेका छन् । पर्यटकीय सहर बार्सिलोनाको विश्व प्रसिद्ध रोमन क्याथोलिक गिर्जाघर ‘सग्रादा फैमिलियाको उनले अवलोकन गर्दैछन् ।

१ सय ४१ वर्षअघि शिलान्यास भएर पनि अझै बनिरहेको ‘सग्रादा फैमिलिया’ नामको चर्च हेर्न बर्सेनि लाखौं पर्यटकहरुको भीड लाग्ने गर्छ।

पूर्व प्रधानमन्त्री नेपालले टिबिटाबु डाडादेखि बार्सिलोना सहरको पनि अवकोलन गर्दैछन् । केही घण्टा घुमेर साँझ सात बजे नै उनी स्पेनको राजधानी म्याड्रिड फर्किने कार्यक्रम रहेको छ ।



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्