मलमासमा लाग्ने एक मेला (तस्वीरहरू) – Online Khabar

मलमासमा लाग्ने एक मेला (तस्वीरहरू) – Online Khabar


२७ साउन, काठमाडौं । काठमाडौंको चन्द्रागिरि-९ मच्छेगाउँमा मत्स्यनारायण मेला लागेको छ । सामान्यतया मलमासमा शुभकार्य हुँदैन तर मत्स्यनारायण मन्दिरमा मलमासभर एक महिना मेला लाग्दछ ।

यो मेलालाई पुरुषोत्तममास अर्थात् मलमास मेलाका रुपमा पनि लिने गरिन्छ । मलमासमै मेला लाग्नुका केही कथनहरू छन् ।

कथनअनुसार मलमासलाई नराम्रो महिनाको रुपमा सोच्न थालिएकोले भगवान पुरुषोत्तमले यसै समयमा आएर उत्तम बनाएका थिए । त्यसैले मलमासमा पुरुषोत्तममासका रुपमा मेला लगाउने गरिएको हो ।

यो मेला हरेक पाँच वर्षमा दुईपटक वा तीन वर्षमा एक पटक लाग्ने गर्छ । मेला अवधिभर १५/२० लाख दर्शनार्थी आउने अनुमान छ ।

यस वर्ष पनि साउन महिनामा मलमास परेकोले यो मेला लागेको छ । हेर्नुस् शनिबारका दिन मेलाका दृश्यहरू :

तस्वीरहरू : आर्यन धिमाल

 



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्