रोयल्टी तथा ग्रामिण दूरसञ्चार विकास कोषको रकम जम्मा गर्न प्राधिकरणको अल्टिमेटम

रोयल्टी तथा ग्रामिण दूरसञ्चार विकास कोषको रकम जम्मा गर्न प्राधिकरणको अल्टिमेटम


२५ साउन, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी तथा ग्रामिण दूरसञ्चार विकास कोषको रकम जम्मा गर्न कम्पनीहरुलाई अल्टिमेटम दिएको छ ।

सेवा प्रदायकले आव २०७८/७९ मा आर्जन गरेको कुल आम्दानीको ४ प्रतिशतले हुन आउने रोयल्टी र २ प्रतिशतले हुन आउने ग्रामिण दूरसञ्चार विकास कोष रकम र वित्तीय विवरण नबुझाएको भन्दै प्राधिकरणले कम्पनीको विवरण सार्वजनिक गरेको हो ।

यो रकम पुस २०७९ भित्र बुझाइसक्नु पर्नेमा पटक पटक ताकेता गर्दा पनि नबुझाइएको प्राधिकरणको भनाई छ । यो रकम साउन मसान्त भित्र नबुझाएमा कानून अनुसार कारवाही हुने प्राधिकरणले स्पष्ट पारेको छ । प्राधिकरणका अनुसार यसरी रकम नतिर्ने कम्पनीको संख्या ४७ छ ।

हेर्नुहोस् सूचीः



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्