कपनमा महानगरको डोजर पुगेपछिको तनाव (तस्वीरहरू) – Online Khabar

कपनमा महानगरको डोजर पुगेपछिको तनाव (तस्वीरहरू) – Online Khabar


२५ साउन, काठमाडौं । कपनमा खहरे खोला अतिक्रमण गरेर बनेका घर हटाउने भन्दै काठमाडौं महानगरपालिकाको डोजर पुगेपछि तनाव भएको छ ।

काठमाडौं महानगरपालिका १० र बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ को सिमानामा रहेको साततले चोक नजिकैको खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी खोला मिचेको पाइएकाले त्यो भत्काउन आएको महानगर प्रहरीका डिएसपी मिनबहादुर थापाले बताए ।

उनले सामाखुसी खोला जसरी नै यो खोला पनि खोल्ने योजना रहेको बताए ।

तर बूढानीलकण्ठ नगरपालिका र त्यहाँका स्थानीयबासिन्दाले डोजर चलाउन दिएका छैनन् । वर्षाको समयमा डोजर आतंक गरेको भन्दै उनीहरुले महानगरविरुद्ध नाराबाजी गरिरहेका छन् । जसका कारण डोजर चलाउन सकिएको छैन ।

अहिले काठमाडौं महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका र स्थानीयबासिन्दाबीच छलफल भइरहेको छ ।



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्