कालोमोसो दलेको भन्दै नेविसंघले निलम्बन गर्‍यो मोरङ अध्यक्ष

कालोमोसो दलेको भन्दै नेविसंघले निलम्बन गर्‍यो मोरङ अध्यक्ष


१५ साउन, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहालमाथि कालोमोसो दलेको भन्दै नेविसंघले आफ्ना विद्यार्थी नेतालाई निलम्बन गरेको छ ।

छानबिनका क्रममा कालोमोसो दलेको पुष्टि भएपछि केहीलाई निलम्बन गरिएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

कालोमोसो दलेको आरोपमा नेविसंघ मोरङका अध्यक्ष सरोज पोखरेल पक्राउ परेका थिए ।

कालोमोसो दल्नु नेविसंघको आदर्श, मूल्य-मान्यतावको विपरीत भएकोले केहीलाई कारबाही गरिएको अध्यक्ष शेर्पाले बताएका छन् ।

नेविसंघका नेता पोखरेललगायतले सेवा आयोगका अध्यक्ष प्रा. डा. दाहालमाथि निवासमै पुगेर कालोमोसो दलेका थिए ।



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्