धनगढीमा पसलमा आगलागी हुँदा ६० लाखको क्षति – Online Khabar

धनगढीमा पसलमा आगलागी हुँदा ६० लाखको क्षति – Online Khabar


फाइल तस्वीर

१४ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा शनिबार राति आगलागी भएको छ ।

राति करिब तीन बजेको समयमा धनगढी उपमहानगरपालिका-८ को अनामनगरस्थित जीएस आटो पार्टसमा आगलागी हुँदा ६० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले आगलागीबाट पसलभित्र रहेको ६० लाख बराबरको सामान जलेर नष्ट भएको जानकारी दिए ।

उनकाअनुसार विद्युतको तार सर्ट भएर लागेको आगो राति नै प्रहरी र स्थानीयले दमकलको प्रयोग गरेर नियन्त्रणमा लिएका थिए ।

उक्त अटो पार्टस कैलारी गाउँपालिका-४ का सुरज चौधरीले सञ्चालन गर्दै आएका थिए ।



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्