इटलीलाई हराउँदै नकआउट चरणमा पुग्यो स्वीडेन – Online Khabar

इटलीलाई हराउँदै नकआउट चरणमा पुग्यो स्वीडेन – Online Khabar


स्वीडेनका लागि गोल गर्दै अमाण्डा इलस्टेड ।

१३ साउन, काठमाडौं । महिला विश्वकप फुटबलमा स्वीडेनले इटलीमाथि शानदार जित हात पारेको छ र नकआउट चरणमा स्थान बनाएको छ ।

शनिबार भएको खेलमा स्वीडेनले इटलीमाथि ५–० को फराकिलो जित हात पारेको हो । न्यूजिल्याण्डको विलिङ्टन रिजनल स्टेडियममा भएको खेलमा स्वीडेनका लागि अमाण्डा इलस्टेडले दुई गोल गरिन् भने रोल्फो, स्टिना ब्लाकस्टेनियस र रेबेका ब्लोमक्विस्टले एक/एक गोल गरे ।

लगातार दोस्रो जितसँगै ६ अंकका साथ शीर्ष स्थामा रहेको स्वीडेनले अन्तिम १६ मा स्थान पक्का गरेको छ । ३ अंक जोडेको इटली दोस्रो स्थानमा छ ।



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्