३१ कम्पनीलाई ट्रेडमार्क नक्कल गरेको आरोप, सफाइ पेस गर्न ७ दिनको म्याद

३१ कम्पनीलाई ट्रेडमार्क नक्कल गरेको आरोप, सफाइ पेस गर्न ७ दिनको म्याद

[ad_1]

३१ कम्पनीलाई ट्रेडमार्क नक्कल गरेको आरोप, सफाइ पेस गर्न ७ दिनको म्याद

उद्योग विभाग ।

२२ जेठ, काठमाडौं । उद्योग विभागले ट्रेडमार्क नक्कल गरेको आरोपमा सफाइ पेश गर्न ३१ कम्पनीलाई सात दिने सूचना जारी गरेको छ ।

विदेशी कम्पनीहरुसँग मिल्दो ट्रेडमार्क वा लोगो बनाएर व्यवसाय गरिरहेकाहरुविरुद्ध परेको उजुरीका आधारमा उद्योग विभागले स्पष्टीकरण सोधेको हो ।

अमेरिका, भारत, थाइल्याण्ड, पोल्याण्ड, फ्रान्स, जर्मनी, इटलीलगायतका कम्पनीहरुले नेपाली कम्पनीविरुद्ध ट्रेडमार्कसम्बन्धी उजुरी गरेका छन् ।

उजुरीका आधारमा यसअघि पनि विभागले जवाफ मागेको थियो । तर जवाफ पेस नगरेपछि अहिले सात दिनको म्याद नै तोकेर लिखित सफाइ पेस गर्न भनेको छ । यदि तोकिएको म्यादभित्र लिखित प्रतिक्रिया प्राप्त नभए कानुन बमोजिम हुने चेतावनी विभागले दिएको छ ।

हेर्नुहोस् सात दिने सूचना –

[ad_2]

Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्