प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै – Online Khabar

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै – Online Khabar

[ad_1]

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै – Online Khabar

आइतबारको बैठक अवरुद्ध गर्दै विपक्षी दलका सांसदहरू ।

२२ जेठ, काठमाडौँ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । हिजो विपक्षी दलहरूले अवरुद्ध गरेपछि स्थगित भएका बैठक आज बस्न लागेका हुन् ।

आइतबार दुवै सदनको बैठक सुरु हुनेबित्तिकै एमाले लगायत प्रतिपक्षी दलहरूले विरोध गर्दं बैठक अवरुद्ध पारेका थिए ।

विपक्षी दलहरूले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक एक घण्टाका लागि स्थगित गरेका थिए । तर, दलहरूबीच सहमति हुन नसकेपछि आइतबार बैठक बस्न सकेन ।

आज प्रतिनिधि सभा बैठक ११ बजेका लागि बोलाइएको छ । बैठक सञ्चालनका लागि आज सभामुखले दलहरूसँग छलफल गर्नेछन् ।

यसैगरी राष्ट्रिय सभा पनि आज १ बजेका लागि बोलाइएको छ ।

विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयक, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयलाई लिएर संसदमा विरोध गरेका थिए ।

दुवै सदनमा गत १५ गते अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्ने तयारी गरिएको छ ।

[ad_2]

Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्