नागरिकता विधेयकको विरोधमा ढोल ठटाएर प्रदर्शन (तस्वीरहरू)

नागरिकता विधेयकको विरोधमा ढोल ठटाएर प्रदर्शन (तस्वीरहरू)

[ad_1]

१९ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता सम्बन्धी विधेयकलाई राष्ट्रघाती भन्दै राष्ट्रवादी केन्द्र नेपालले विरोध प्रर्दशन गरेको छ।

केन्द्रले काठमाडौंको माइतीघर मण्डलामा भारतीय विस्तारवादी हेपाहा प्रवृत्तिविरुद्ध विरोध कार्यक्रम नाम दिएर प्रदर्शन गरेको हो ।

टिन र ढोल ठटाउँदै प्रदर्शनमा सहभागी भएकाहरुले नागरिकता विधेयक खारेज गर्न माग गरेका छन् ।

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी त्यत्तिकै थन्क्याएको विधेयकलाई सरकारको आग्रहमा राष्ट्रपति पौडेलले केहीदिन अघि प्रमाणीकरण गरेका थिए ।

हेर्नुहोस् प्रदर्शनका तस्वीरहरू :

नागरिकता विधेयकको विरोधमा ढोल ठटाएर प्रदर्शन (तस्वीरहरू)

 

 

[ad_2]

Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्