राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण स्थगित – Online Khabar

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण स्थगित – Online Khabar

[ad_1]

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण स्थगित – Online Khabar

दशरथ रंगशालामा फुटबल प्रशिक्षणको फाइल तस्वीर ।

१८ जेठ, काठमाडौं । अखिल नेपाल फुृटबल संघ (एन्फा) ले राष्ट्रिय टोलीको प्रशिक्षण स्थगित गरेको छ ।

साफ च्याम्पियनसिपको तयारी स्वरुप १५ जुन (३२ जेठ) मा फिलिपिन्ससँग हुने मैत्रीपूर्ण खेलका लागि शुक्रबारदेखि दशरथ रंगशालामा प्रशिक्षण सुरु गर्ने पूर्वनिर्धारित कार्यतालिका थियो ।

तर १० वटा ए डिभिजन क्लबहरुले बिहीबार नै संयुक्त विज्ञप्ति जारी गरी लिगको खेल नसकिँदासम्म खेलाडीलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पठाउन नसक्ने बताएपछि एन्फाले प्रशिक्षण नै स्थगित गरेको हो ।

एन्फा प्रवक्ता सुरेश शाहले बिहीबार विज्ञप्ति जारी गर्दै ए डिभिजन क्लबहरुले जारी गरेको विज्ञप्तिलाई मध्यनजर गरेर राष्ट्रिय टोलीको प्रशिक्षण स्थगित गरेको बताएका छन् ।

हेर्नुहोस् विज्ञप्ति

[ad_2]

Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्