ए डिभिजन क्लबले राष्ट्रिय टिमको प्रशिक्षणका लागि खेलाडी नपठाउने

ए डिभिजन क्लबले राष्ट्रिय टिमको प्रशिक्षणका लागि खेलाडी नपठाउने

[ad_1]

ए डिभिजन क्लबले राष्ट्रिय टिमको प्रशिक्षणका लागि खेलाडी नपठाउने

फाइल तस्वीर : ए डिभिजन क्लबका प्रतिनिधिहरु

१८ जेठ, काठमाडौं । ए डिभिजन क्लबहरुले आफ्ना खेलाडीलाई लिग नसकिएसम्म राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा नपठाउने भएका छन् ।

बिहीबार फ्रेण्ड्स क्लबको कार्यालयमा बसेको क्लबहरुको बैठकले आसन्न साफ च्याम्पियनसिपका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीलाई लिग जारी रहुन्जेल नपठाउने निर्णय गरेको हो ।

६ असारदेखि भारतको बैंग्लोरमा साफ च्याम्पियनसिप आयोजना हुँदैछ । त्यसका लागि राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एनेसले ३० खेलाडीको प्रारम्भिक टिम घोषणा गरे पनि प्रशिक्षण सुरु गर्न सकेका छैनन् ।

१९ फागुनदेखि सुरु भएको शहीद स्मारक ए डिभिजन लिगमा तीन चरणको खेल बाँकी छ । २७ जेठमा लिग सकिएपछि मात्र क्लबले खेलाडी रिलिज गर्ने बताएका हुन् ।

एन्फाले पूर्वसहमति कार्यान्वयन नगरेका कारण विरोधस्वरुप लिगका बाँकी खेलहरुमा खेलाडी र अफिसियलले कालो पट्टी बाँधेर सहभागी हुने निर्णय क्लबको बैठकले गरेको छ ।

‘पटक पटक ताकेता गर्दा पनि तयारी खर्चको दोस्रो किस्ता, म्याच मनी र म्यान अफ द म्याचबापतको रकम उपलब्ध नगराइएका कारण जेठ १९ गतेदेखि रकम उपलब्ध नहुन्जेल क्लबका पदाधिकारी र खेलाडीले हातमा कालोपट्टी बाँधेर खेल निरन्तर गर्ने निर्णय भयो’, १० ए डिभिजन क्लबले संयुक्त रुपमा हस्ताक्षर गरेको निर्णयमा भनिएको छ ।

यो बैठकमा जावलाखेल युथ क्लब र तीन विभागीय टिमहरु (आर्मी, एपीएफ र नेपाल पुलिस)का प्रतिनिधि सहभागी थिएनन् ।

[ad_2]

Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्