[ad_1]
१५ जेठ, दाङ । संसदीय प्रणालीकै विकल्प खोज्दै २०५२ देखि सशस्त्र विद्रोहमा होमिएको नेकपा माओवादीको गतिविधि उत्कर्षतिर बढिरहँदा २०५९ सालमा राजदरबार नरसंहार भयो । तत्कालीन राजा वीरेन्द्रको परिवारकै हत्या भएपछि नयाँ राजा बनेका ज्ञानेन्द्र शाहले राजनीतिलाई थप जटिलतातिर धकेले ।
ज्ञानेन्द्रसँग अरु दलको विश्वास पनि कमजोर हुँदै गयो । २०६२ सम्म पुग्दा राजतन्त्रकै विकल्पमा दलहरुले गाउँगाउँ पुगेर जनता जागृत गराउन थाले । ‘जनताकै आडमा राजतन्त्र फालिनेछ । मुलुकले कोल्टो फेर्नेछ’ दलहरु भन्थे, ‘जनताका दिन फेरिनेछन् । सुखका दिन आउँनेछ ।’
सात राजनीतिक दल र माओवादीबीच १२ बुँदे सहमति जुटेपछि राजतन्त्रविरोधी आवाज अझ सशक्त बन्यो । २६ माघ ०६२ मा शाही सरकारले घोषणा गरेको नगर चुनाव प्रमुख दलहरुले बहिष्कार गरे । दाङको घोराही नगरसभा चुनावको विरुद्धमा पनि दलहरु सडकमा उत्रिए ।
राजतन्त्रकै विकल्पमा भएका यी आन्दोलनहरुको अग्रपंक्तिमै थिए, दाङका कृष्ण गिरी । ‘यो देश राजतन्त्रकै कारण पछि पर्यो । आन्दोलनपछि देशले पक्कै कोल्टो र्फनेछ’ गिरीलाई त्यसबेला लागेको थियो ।
नगरसभा चुनाव बहिष्कारको आन्दोलन फैलिदै २४ चैत २०६२ पुग्दा दोस्रो जनआन्दोलनमै बदिलिएको थियो । एकप्रकारले घोराही बजार प्रदर्शनकारी र तत्कालीन शाही सेनाले मार्च गर्ने भूमिमा परिणत भएको थियो ।
राजतन्त्रविरुद्धको त्यो प्रदर्शनकै क्रममा शाही सेनाले गोली चलायो । शान्तिपूर्ण प्रदर्शनमा गोली चल्दा कृष्णसँगै उभिएका उमेश चन्द्र थापा ढले ।
‘उमेशजी मदेखि सात मिटर पर ढल्नुभएको थियो’ कृष्ण भन्छन्, ‘तीन वटा गोली मेरो शरीरमा लागेको रहेछ ।’ उमेश बाँच्न सकेनन्, जनआन्दोलनका शहीद भए ।

खुट्टा र करङ गरी तीन राउण्ड गोली लागेका संयोग चाहिँ कृष्ण बाचे । तर शरीर सद्दे रहेन । त्यसपछिको करिब ६ महिना अस्पतालमै बिताए । अढाइ वर्षसम्म ओछ्यानमै थलिए । कृष्णजस्तै थुप्रैका योगदान र बलिदानले अन्ततः ०६२/०६३ को जनआन्दोलनले सकर्थकता पायो । निरंकुश राजतन्त्रले घुढा तेक्यो र मुलुकमा गणतन्त्र स्थापना भयो ।
गणतन्त्रका अधुरा सपना
आज गणतन्त्र प्राप्तीको १५ वर्ष हुँदा कृष्ण भने जनआन्दोलनका दिनहरु स्मरण गरिरहेका छन् । त्यही बेला दलहरुले जनता माझ बाडेका सपनाहरु र प्रतिबद्धताहरु सम्झिरहेका छन् । विद्रोहका बेला देखेको गणतन्त्रान्तिक नेपाल र अहिलेको गणतान्त्रिक प्राप्ति पछिको नेपाललाई तुलना गरिरहेका छन् । ‘जनआन्दोलका थुप्रै सपनाहरु अुधरै रहे’ उनलाई लाग्छ ।
आन्दोलनका घाउँ र शरीरका छर्राले उनी धेरै बेर हिडडुल गर्न सक्दैनन् । ‘शरीरभर ६ वटा छर्रा बोकेको छुँ’ उनी भन्छन्, ‘अहिले पनि घाउँहरु उस्तै छन् । कहिले पोल्छन्, कहिले चहर्याउँछ ।’
वर्षा, हिउँद र गर्मीमा त असह्य दुख्छ । तर त्योभन्दा धेरै आफूहरुले लडेर ल्याएको व्यवस्थामा जनताले पाएको दु:ख सम्झेर उनको मन पोल्छ । ‘राजतन्त्र फालेपछि जनताले आमुल परिवर्तनको सपना देखेका थिए । मुलुकले कोल्टे फेर्छ भन्ने सोचेका थियौं,’ उनले भने, ‘तर गणतन्त्रमा हामीले सोचजस्तो परिवर्तन आएन ।’
हिजो उनी जीउ ज्यान नभनी राजतन्त्रविरुद्ध लड्न तयार भए । ‘हामीले गणतन्त्रका लागि लड्दै गर्दा व्यस्थासँगै अवस्थामा पनि बद्ल्नुपर्छ भनेका थियौं,’ उनी भन्छन्, ‘तर अहिले व्यवस्थामात्रै फेरियो, जनताका अवस्था फेरिएन ।’

उनले गणतान्त्रिक व्यवस्थाले जनताको जीवनलाई छुन नसकेको उनी बताउँछन् । ‘जबकि जनताहरुका स्थिति बदल्नकै लागि लडेका थियौं,’ उनी भन्छन्, ‘तर आज जनताको जीवनस्तर जहाँको त्यही छ । गरिबी, विभेद उस्तै छ । गणतन्त्रले केही व्यक्तिलाई मात्र लाभ भयो ।’
जनताका दुःख उस्तै रहेको उनी बताउँछन् । ‘आज किसानले मल पाएका छैनन् । तरकारीले बजार पाएका छैनन् । देशमा रोजगारी नपाउँदा युवाहरु विदेशीएका छन्,’ उनले भने, ‘जताकतै मंहगीले थिचेको छ । भष्ट्रचार मौलाएको छ ।’ उनी अहिले जनताका मुहारमा अभाव र नैराश्यतामात्र देख्छन् ।
यो सबैको कारण चाहिँ उनी राजनीतिक गर्ने दलहरुलाई दिन्छन् । दलहरु दलगत स्वार्थमा लाग्दा जनताको अवस्था बद्लिन नसकेको उनी बताउँछिन् । ‘यो दोष व्यवस्थाको होइन, राजनीतिक गर्ने दलहरुको हो,’ उनले भने, ‘नेतृत्व गर्ने व्यक्तिहरु जनताका चाहना, आवश्यकतालाई बिर्सेर दलगत स्वार्थमा लागे । त्यही कारण जनताका अवस्था ज्यूँका त्यूँ भए ।’
सबैभन्दा ठूलो समस्या त उनी दलहरुको आएको नैतिक विचलन देख्छन् । ‘नेताहरु जनताका सपना छोडेर धनसम्पत्ति आर्जन गर्न लागे,’ उनल भने, ‘नेताहरुमा नैतिक विचलन आएको छ ।’ दलहरु जनताका सपना भन्दा पनि व्यक्तिगत स्वार्थको दलदलमा फसेको उनको बुझाइ छ ।
‘हाम्रा राजनीतिक नेतृत्वहरु भ्रष्ट्राचारका काण्डै काण्डैमा मुछिएका छन्,’ उनले भने, ‘अहिले त आफ्नै देशका नागरिकलाई अनागरिक बनाएर बेचेको पनि सुन्छु । यो जत्तिको लज्जाको विषय अरु के हुन सक्छ ?’
केही उपलब्धिहरू पनि
दु:खको कुरा त के भने नेताहरु चुनावको बेला मात्र झुटो बाचा लिएर जनता माझ जान्छन् । चुनाव जितेपछि त्यो सबै बिर्सन्छन् । तर सधैं यही झारा टार्ने कामले मात्रै नहुँने उनी बताउँछन् । दलहरु समयमै नसच्चिए जनताले नै दलहरुको विकल्प खोज्ने उनी सुनाउँछन्
त्यसो त उनी गणतन्त्रले उपलब्धि नल्याएको भन्ने ठान्दैनन् । गणतन्त्रको फलस्वरुप नेपालको संविधान २०७२ निर्माण, संघीयता कार्यान्वयन, धर्मनिरपेक्षता, समावेशितालगायत थुप्रै उपलब्धि भयो । सबैभन्दा ठूलो त राजतन्त्रका बेला विरोध गर्न बोल्न पाइदैनथ्यो,’ उनले भने, ‘गणतन्त्रले जनताले आफ्नो बोल्ने पाउने, लेख्न स्थापित गर्यो । यो नै सबैभन्दा ठूलो उपलब्धि हो ।’ ०७२ को संविधान पनि ठूलो प्राप्ति भएको उनी सुनाउँछिन् । जहाँ जनताका थुप्रै अधिकारहरु उल्लेख गरिए ।
तर ती सबै प्राप्ति काजगमा मात्र समिति भएको उनी बताउँछन् । ‘जनताले आज बोल्न त पाएका छन्, तर त्यो स्वर कहाँ सुनिएको छ ?’ उनले भने, ‘भष्ट्राचारका काण्ड प्रशस्त बाहिर आउँछन्, तर ती कति अनुसन्धान भएका छन् त ?’
अहिले उनलाई लाग्छ, दलहरुले जनताका लागि त सोचेकै रहेनछन् । कहिले काहीँ उनी सोचि बस्छन्, ‘सडकबाट सत्तामा पुगेपछि नेताहरु कसरी दलगत स्वार्थहरुमा लागे ? सायद सत्ता र सडकबीचको फरक यही हो कि ?
जनआन्दोलनका आफू घाइतेहरु भने यो सबै देख्दा मनभित्र पीडा बोध हुने उनी सुनाउँछन् । अर्काेतिर उनको पीडा राज्यले गरेको अमूल्याङकनप्रति छ । ‘म जस्ता थुप्रै साथीहरु जीउभरि गोली बोकेर बाचेका छौं,’ उनले भने, ‘हाम्रो मूल्याङन कही कतै गरिएन । आज हामीलाई बिर्सने काम भयो ।’
त्योभन्दा बढी पीडा उनलाई दलहरुको अहिलेसम्म चेत नआएको देख्दा हुन्छ । राजनीतिक दलहरुको यिनै गतिविधिले जनतामा वितृष्णा बढ्दै गएको र गणतन्त्रमाथि नै प्रश्न उठिरहेको उनी बताउँँछन् ।
‘यो व्यवस्था नै ठीक हैन भन्ने स्वहरु पनि उठिरहेको छ,’ उनी भन्छन् । तर यो नै सर्वाेत्कृष्ट व्यवस्था भएको उनी सुनाउँछन् । ‘यो समस्या व्यवस्थामा होइन, राज्य सञ्चालन गर्ने नेतृत्वहरुमा हो । नेताहरुको आचारण ठीक नहुँदा गणतन्त्रमाथि प्रश्न उठेको हो,’ उनले भने, ‘यो नै उत्तम व्यवस्था हो । बरु यसमा भएका कमजोरीहरु सुधार गर्दै लैजानुपर्छ ।’
त्यसका लागि राजनीतिक दलहरु नै सच्चिनुपर्ने उनी बताउँछन् । त्यसपछि मात्र गणतन्त्र प्राप्तीको अनुभूति जनताले गर्ने उनी बताउँछन् । ‘पहिलो कुरा त नेताहरु सच्चिनुपर्ने पर्छ । आफ्नो आचारण सुधार्न पर्छ,’ उनले भने, ‘व्यक्तित स्वार्थभन्दा माथि उठेर जनताबारे सोच्नु पर्छ ।’ त्यसका लागि नेताहरु प्रत्येक गाउँ गाउँमा पुगेर जनतासँग माफी माग्नुपर्ने उनी बताउँछन् ।
दु:खको कुरा त के भने नेताहरु चुनावको बेला मात्र झुटो बाचा लिएर जनता माझ जान्छन् । चुनाव जितेपछि त्यो सबै बिर्सन्छन् । तर सधैं यही झारा टार्ने कामले मात्रै नहुँने उनी बताउँछन् । दलहरु समयमै नसच्चिए जनताले नै दलहरुको विकल्प खोज्ने उनी सुनाउँछन् ।
‘यतिका वर्ष जनताले विकास होला, समृद्धि आउँला भनेर पर्खिए,’ उनले भने, ‘अब चाहिँ धैर्यताको बाँध भरिसक्यो । जुनदिन यो बाँध भत्किनेछ, त्यसदिन सबैलाई बगाउँनेछ ।’ तर त्यो ढिला हुनुअघि नै दलहरु सच्चिनु पर्ने उनी सुनाउँछन् । ‘दलहरुले बुझ्न पर्छ कि यिनै जनताले हिजो राजतन्त्र फालेका छन्,’ उनी चेतावनी दिन्छन्, ‘यही जनता फेरि सडकमा उर्लिए दलहरुको खैरियत हुनेछैन ।’
[ad_2]
Source link