टुँडीखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्वीरसहित)

टुँडीखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्वीरसहित)

[ad_1]

१५ जेठ, काठमाडौं । आज जेठ १५ अर्थात नेपालमा गणतन्त्र स्थापना भएको दिन । सैनिक मञ्च (टुँडीखेल)मा बज बिहानै विशेष समारोहकासाथ १६ औं गणतन्त्र दिवस मनाइएको छ ।

पुष्प वृष्टिका र सुरक्षाकर्मीको कवाजका साथै विभिन्न झाँकीसहित दिवस भव्यरुपमा मनाइएको हो । कार्यक्रममा हरेक वर्ष जस्तै शान्तिकका प्रतीक परेवा पनि उडाइएको छ ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

समारोहलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्दै गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र नै भएको बताउँदै  यसलाई अझै मदबुत बनाउनु पर्ने बताए ।

नेपालमा बिक्रम सम्मत २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । त्यही दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते दिवस मनाउने गरिन्छ ।टुँडीखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्वीरसहित)

 

[ad_2]

Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्