एसईई परीक्षा: आन्तरिक मूल्याङ्कनबाट आउने नतिजा कत्तिको गुणस्तरिय होला?

Girl in a jacket

[ad_1]


विद्यालय

तस्वीर कपीराइट
RSS

Image caption

साङ्केतिक तस्बिर

माध्यमिक शिक्षा परीक्षा (एसईई) रद्द गरिएपछि यतिखेर देशैभर आन्तरिक मूल्याङ्कन गर्ने समान ढाँचा निर्माणको काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राध्यापक चिन्तामणि पौडेलले बीबीसीलाई बताए।

एसईईको मूल्याङ्कन, प्रमाणिकरण र नतिजा प्रकाशनका लागि सुझाव दिन भन्दै गठन गरिएको एक समितिले सोमवारभित्र बोर्डलाई आफ्नो प्रतिवेदन दिँदैछ।

तर कतिपय शिक्षाविद्हरूले स्पष्ट ढाँचा बन्न नसके त्यसरी गरिने आन्तरिक मूल्याङ्कन सुविधाको दुरूपयोग हुनसक्ने चेतावनी दिएका छन्।

प्रक्रिया

मन्त्रिपरिषद्को निर्णयमार्फत् २८ जेठमा विद्यालयहरूको आन्तरिक मूल्याङ्कनमार्फत् विद्यार्थीहरूको ग्रेडिङ गरिने जनाइएको थियो।

जसअनुसार कार्यविधि परिवर्तन गरेर असार महिनाभित्रै नतिजाको काम टुङ्ग्याउने गरी काम भइरहेको समितिमा रहेका बोर्डका सदस्य-सचिव दुर्गाप्रसाद अर्यालले बताए।

तर शिक्षा नियमावलीमा एसएसली परीक्षा हुँदाको जस्तो सेन्टप परीक्षाको व्यवस्था नै नभएकाले यतिखेर उक्त समितिसामु जटिलता रहेको बताइन्छ।

निजी विद्यालयहरूमा एसईईको लागि तोकिएको मितिअघि त्यस्ता परीक्षाहरू भए पनि थुप्रै सामुदायिक विद्यालयले बाध्यकारी व्यवस्थाको अभावमा ती परीक्षा सञ्चालन गरेका छैनन्।

बोर्डका अध्यक्ष पौडेलले भने: “देशभर एकैखाले मापदण्डले मूल्याङ्कन होस् भनेर समान ढाँचा बनाउन लागिएको हो।”

तस्वीर कपीराइट
NEB

अध्यक्ष पौडेलले छलफल भइरहेको त्यस्तो ढाँचाबारे थप नखुलाए पनि अहिलेको व्यवस्था र प्रणाली अन्तर्गत अनुगमन गर्न सकिने अवस्था नरहेको बताए।

उनले भने: “त्यसैले विद्यालयले जे-जति अङ्क राखेर पठाउँछन् त्यसलाई मान्नुको विकल्प हुँदैन। हामीले त्यसलाई स्विकार्छौँ।”

‘विद्यालयलाई दबाव पर्नसक्छ’

कार्यविधि बनेपछि विद्यालयहरूले शिक्षा विकास तथा समन्वय इकाइ पठाएको ग्रेड प्रमाणित हुने र बोर्डले त्यसलाई प्रकाशन गर्ने बताइएको छ।

विद्यालय शिक्षाका विज्ञ धनञ्जय शर्मा भन्छन्: “यतिखेर विद्यार्थीलाई स्कूलमा बोलाएर अन्यखाले परीक्षा लिने अवस्था छैन। त्यसैले धेरैसामु अनुमान वा औसत अङ्क राख्नेबाहेक अर्को उपाय छैन।”

तस्वीर कपीराइट
RSS

यसबाट थुप्रै विद्यालहरूले अभिभावकबाट विद्यार्थीलाई धेरै अङ्क दिनका लागि दबाव समेत खेप्ने देखिएको शर्मा ठान्छन्।

“शिक्षकलाई विश्वास गर्नुभन्दा बाहेकको अनुगमन गर्ने भरपर्दो उपाय छैन।”

यो वर्ष एसईई परीक्षामा ४ लाख ८२ हजार ७०७ जना परीक्षार्थी सहभागी हुन लागेका थिए।

“विकल्प छ”

शिक्षाविद् विद्यानाथ कोईरालाको विश्लेषण

पहिले हामीले विद्यालय तहको अन्तिम परीक्षा भनेर कक्षा १० को परीक्षालाई निकै जटिल बनाएका थियौँ। अब त्यसलाई सरल आँखाबाट हेर्नु आवश्यक छ।

कक्षा तीन वा कक्षा १० मा हुने मूल्याङ्कन प्रणालीलाई समान दृष्टिबाट हेरियो भने यो समस्याको समाधान हुन्छ।

टेस्ट वा सेन्टप परीक्षाहरू नभएको भए पनि सामुदायिक विद्यालयहरूले समेत त्यसबीचमा दुईदेखि तीनवटा परीक्षा सञ्चालन गरेका छन्।

पहिलो विकल्पमा यसअघि विद्यालयहरूले तीनवटा परीक्षा गरेको भए सुरुका दुईवटाको भार ३०-३० प्रतिशत र अन्तिमको ४० प्रतिशतका आधारले जोड्न सकिन्छ।

दुईवटा मात्र परीक्षा सम्पन्न गरेको विद्यालयको हकमा ५०-५० प्रतिसत हिस्सा समेटिनेगरी तिनको मुल्याङ्कन गर्न सकिन्छ।

तस्वीर कपीराइट
Reuters

कुनै पनि परीक्षा नभएका विद्यालयमा यसपटकको एसईई परीक्षाको लागि छापिएका प्रश्नपत्र नै विद्यार्थीहरूलाई घर लैजान दिएर समेत मुल्याङ्कन गर्न सकिने अवसर छ।

त्यस्तो हकमा उनीहरूले चाहेको हिसाबले विषयवस्तु खोज्ने काम गरेमा ज्ञान पक्षलाई भन्दा सीप र नयाँ/सिर्जनशीलता खोज्ने पक्षलाई उच्च अङ्कभार दिएर मूल्याङ्कन गर्न सकिन्छ।

पछि कक्षा ११ मा आवश्यक पर्ने बिषयगत क्षमता जाँच्नका लागि स्याट वा टफेलका जस्ता विषयगत प्रश्नपत्र बनाउन सकिन्छ।

जसका लागि देशभरका शिक्षकहरूबाट प्रश्नपत्र आह्वान गर्न सकिन्छ। र त्यहाँ विद्यार्थीहरूले आफैलाई जाँच्न सक्छन्।

[ad_2]

Source link

Girl in a jacket