कोरोना भाइरस नेपाल: जनस्वास्थ्यविद् डा.बाबुराम मरासिनी र स्थानीय निकायका प्रतिनिधि दुर्गादत्त ओझाबीच बहस

Girl in a jacket

[ad_1]

देशभरका स्थानीय निकायले विदेशबाट घर फर्केका नेपालीहरूलाई क्वारन्टीनमा राखेका छन्।

अधिकांश भारतबाट फर्केहरू रहेका ती क्वारन्टीनस्थलका रूपमा स्थानीय विद्यालय वा अन्य सामुदायिक भवनहरू छन्।

क्वारन्टीनस्थलहरू विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले तोकेको मापदण्ड बमोजिम नभएका खबरहरू देशभरबाट आएका छन्।

त्यस्ता खबरहरूमा क्वारन्टीनमा बस्ने कैयौँलाई समयमा खान नदिइएको, खानेपानी र सरसफाइको उचित व्यवस्थापन नगरिएको बताइएको छ।

क्वारन्टीनमै बलात्कारजस्तो जघन्य घटना भएपछि त्यसबारे अहिले अनुसन्धान भइरहेको छ।

क्वारन्टीनमै आत्महत्या समेत भएपछि त्यसको व्यवस्थापनबारे प्रश्न उठेको छ।

सुदूर पश्चिम प्रदेशका गाउँपालिका महासङ्घका अध्यक्ष दुर्गादत्त ओझा स्थानीय निकायलाई प्रदेश र केन्द्र सरकारले सहयोग नगरेको गुनासो गर्छन्।

जनस्वास्थ्यविद् तथा इपिडेमिओलोजी तथा रोग नियन्त्रण महाशाखामा पूर्वप्रमुख डा. बाबुराम मरासिनी भने क्वारन्टीनको अव्यवस्थाकै कारण कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण बाहिर पुगिसकेको धारणा राख्छन्।

ओझा र मरासिनीबीचको पुरा बहस माथिको लिङ्कमा क्लिक गरेर सुन्नुहोस्।

[ad_2]

Source link

Girl in a jacket