कर्णालीमा सरकारविरुद्धको प्रदर्शन जारी

कर्णालीमा सरकारविरुद्धको प्रदर्शन जारी
Girl in a jacket

वीरेन्द्रनगर — कर्णालीमा केही दिनयता सरकारविरुद्ध प्रदर्शन जारी छ । फेसबुक प्रयोगकर्ताको समूह ‘मोटे ग्याङ नेपाल’र ‘तनाव छ जिन्दगी’मा आबद्ध युवाले विरोध प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।

कर्णाली सरकार भारतबाट फर्किएका नागरिकको व्यवस्थापनमा गम्भीर नभएको, पीसीआर परीक्षणलाई तीव्रता नदिएको, सवारी साधन खरिदमा रकम खर्चिएको लगायत विषयमा युवाहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले वीरेन्द्रनगरको लाटीकोइली, सुब्बाकुना र वीरेन्द्रचोकमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

‘सरकारलाई दिन्छौं सहयोगी हात, भनिदेउ सरकार कहाँ चाहियो साथ’, ‘गाडी होइन सरकार पीसीआर मेसिन किन’, ‘टिपर यात्रा बन्द गर’, ‘हाम्रा नेताहरुको भ्रष्टाचार–कोरोनाको औषधि अदुवा, लसुन र बेसार’ जस्ता नारा लेखिएका प्लेकार्डमार्फत सरकारको ध्यानाकर्षण गराएको मोटे ग्याङका एडमिन कुमारशमशेर थापाले बताए ।

Girl in a jacket