क्वारेन्टिन बस्नेलाई भूमिहीनको उपहार दुना टपरी

क्वारेन्टिन बस्नेलाई भूमिहीनको उपहार दुना टपरी
Girl in a jacket

दाङको गढवा गाउँपालिका वडा नं. ५ स्थित चैनपुर विद्यालयको क्वारेन्टिनलाई भूमिहीनहरुले दुना टपरी सहयोग गरेका छन् । गाउँपालिकाले व्यवस्थापन गरेको क्वारेन्टिनमा सहयोग पुगोस् भनेर सोही पालिकाका भूमिहीनहरुले २ हजार ४ सय १० टपरी र ८ सय दुना निःशुल्क सहयोग गरेका हुन् ।

गाउँ भूमि अधिकार मञ्च गढवाका अध्यक्ष विष्णु चौधरीले भने, ‘यो कठिन समय हो । त्यसैले जसले जे सक्छ आफ्नो स्थानबाट त्यही सहयोग गर्नुपर्छ भन्ने लागेर हामीले दुना टपरी सहयोग गर्यौं ।’

चैनपुर क्वारेन्टिनमा ७२ जना छन् । दुना टपरी एक चोटी प्रयोग गरेर फ्याँकिने भएकाले संक्रमणको खतरा समेत कम हुने विश्वास छ । गढवा गाउँपालिकामा हालसम्म ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

Girl in a jacket