शुक्रबार कर्णालीका ७ संक्रमितले जिते कोरोना

शुक्रबार कर्णालीका ७ संक्रमितले जिते कोरोना
Girl in a jacket

सुर्खेत : कर्णाली प्रदेश अस्पतालबाट पहिलो पटक ७ जनाले कोरोना जितेर शुक्रबार डिस्चार्ज भएका छन्। कर्णाली प्रदेश अस्पताल सुर्खेतको कोभिड–१९ उपचार केन्द्रमा रहेका ६ पुरुष र एक महिला संक्रमितलाई घर पठाइएको छ।  प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलका अनुसार दैलेखका एक, सुर्खेत ५ जना र एक जना परिचय नखुलेकी महिला गरी ७ जना डिस्चार्ज भएका हुन्।  उनका अनुसार तीमध्ये एक जना दैलेख महाबु गाउँपालिका र अरु सबै सुर्खेतका हुन्।  जसमा वीरेन्द्रनगर नगरपालिका १ का १६ वर्षीय, वडा ३ तातापानीका २६ वर्षीय, वडा ८ का १७ वर्षीय, वडा ९ लाटीकोइलीका ११ वर्षीय, वडा ४ का ३७ वर्षीय र दैलेख महाबु गाउँपालिका १ का २६ वर्षीय छन्। एक जना बोल्न नसक्ने महिला पनि उनीहरुसँगै डिस्चार्ज भएकी छन्।

 

Girl in a jacket