मकवानपुरमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु – Online Khabar


फाइल तस्वीर

१७ चैत, मकवानपुर । हेटौँडा उपमहानगरपालिका-१९ स्थित नेवारपानीमा बिहीबार बिहान बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेको नाम र ठेगाना खुल्न सकेको छैन। बागमती प्रदेश ०३-००१ ख १३६५ नंको बसको ठक्करबाट गम्भीर घाइते भएका अन्दाजी ४० वर्षीय पुरुषको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ठक्कर दिने बस र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको छ ।



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्