लुम्बिनीमा माघ २ गते माघेसंक्रान्ति विदा – Online Khabar


३० पुस, बुटवल । माघी/माघे संक्रान्तिको अवसरमा लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक विदा दिएको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार एक सूचना जारी गरी माघे संक्रान्तिको अवसरमा आइतबार प्रदेशभर सार्वजनिक बिदा दिइएको जनाएको छ ।

यसअघिको सरकारले पनि माघी एवं माघे संक्रान्तिको अवसरमा दुई दिन विदा दिँदै आएको थियो । माघ १ गते शनिबार स्वतः विदा भएकाले आइतबार एक दिन विदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले बताए ।

हेर्नुहोस् सूचना



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0