चन्द्रागिरि डाँडामा हिउँ पर्‍यो फुरुरु… – Online Khabar


१४ पुस, काठमाडौं । पर्यटकीयस्थल  चन्द्रागिरि डाँडामा आज बिहानैदेखि हिउँ पर्न सुरु भएको छ । वर्षासँगै हिमपात भएपछि हिउँ हेर्नेहरू डाँडामा पुगेका छन् । फुरुरु हिउँ परेको दृश्य  हेर्नेहरूको भीड नै लाग्न थालेको छ ।

वार्षा र हिउँको चिसो छल्दै डाँडामा पुगेका आन्तरिक पर्यटकले हिउँ खेलिरहेका छन् ।  चन्द्रागिरिमा यो वर्षको पहिलो पटक हिमपात भएको हो । हिउँ डाँडामा बाक्लै जम्मा भइसकेको छ । चन्द्रागिरि क्षेत्र हिउँले सेताम्य छ ।

तस्वीर : आर्यन धिमाल



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0