बिहे गरेर बनाइन् श्रीमान् ! – Online Khabar


५ पुस, काठमाडौं । एकजना बेलायती महिलाको बिहे चर्चाको विषय बनिरहेको छ लामो समयदेखि । वास्तवमा ती महिलाले कुनै पुरुषसँग होइन रुखसँग बिहे गरेर रुखलाई नै आफ्नो लोग्ने बनाएकी छिन् ।

३ वर्षअघि नै उक्त रुखसँग बिहे गरेको बताउने ती युवतीले हालै आफ्ना साथीसँगीलाई त्यहीँ रुखमुनि बोलाएर जमघट गराइन् । आफुले रुखसँग खुसीसाथ दाम्पत्य जिवन बिताइरहेको उनको दाबी छ ।

केट कनिंघम नामकी ती युवतीका अनुसार रुख र उनीबीचको दाम्पत्य जिवन सुखपूर्ण रुपमा चलिरहेको छ । आफू आफ्नो जिवनबाट सन्तुष्ट रहेको उनी बताउँछिन् ।

उनले सन् २०१९ मै रिमर्स भ्याली काउन्टी पार्कमा रहेको रुखसँग बिहे गरेकी थिइन् । आफ्नो पतिदेव रुखसँग भेटघाट गर्नका लागि उनी हप्तामा ५ पटक पार्कमा जान्छिन् । क्रिसमसको बेलामा त आफ्नो पतिरुपी रुखलाई विभिन्न सजावटका सामाग्रीले सजाउँछिन् ।

अनौठो त के भने रुखसँगको बिहेपछि उनले आफ्नो थर समेत बदलिसकेकी छिन् र अहिले मिसेस एल्डर बनेकी छिन् ।

हाल शिक्षण पेशा अपनाएकी मिसेस एल्डर यो पटक आफ्नो पति रुखसँग तेश्रो क्रिसमस मनाउँदैछिन् । यसअघि उक्त पार्कमा बारम्बार आउने क्रममै सो रुखसँग आफ्नो प्रेम बसेको उनी बताउँछिन् ।

 

एजेन्सीको सहयोगमा



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0