सानिमा बैंकको सीईओमा पाण्डे नियुक्त – Online Khabar


नवनियुक्त सीईओ पाण्डे र हालका सीईओ भुवन दाहाल

३ पुस, काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त भएका छन् । बैंकको सञ्चालक समिति बैठकले पाण्डेलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकका हालका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल आगामी ११ माघदेखि अवकास लिदैछन् । कार्यकाल पुरा गरेर बैंकबाट दाहाल बाहिरिने भएपछि पाण्डेलाई १२ माघदेखि लागू हुने गरी सञ्चालक समिति बैठकले सीईओमा नियुक्त गरेको छ ।

बैंकर्स संघको निवर्तमान अध्यक्ष समेत रहेका दाहाल भने दुई कार्यकाल पुरा गरेर बैंकबाट बाहिरिन लागेका हुन् । कुनै एक व्यक्ति एक बैंकमा लगातार दुई कार्यकाल भन्दा बढी काम गर्न नपाउने व्यवस्था छ ।

को हुन् पाण्डे ?

फाइनान्समा स्नात्तकोर ४७ वर्षीय पाण्डे विज्ञान विषयमा स्नातक उपाधिका हासिल गरेका व्यक्ति हुन् । २०५२ सालमा नबिल बैंकबाट बैंकिङ करिअर शुरु गरेका उनी ८ वर्ष अघिदेखि सानिमा बैंकमा कार्यरत छन् ।

अपरेशन, सेल्स एण्ड रिस्कमा अनुभवी बैंकर मानिने पाण्डे नेपाल बैंकिङ इन्ष्टिच्युटमा श्रोत व्यक्तिका रुपमा र सानिमा क्यापिटलमा सञ्चालकको रुपमा काम गरेको अनुभव समेत छ ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0