भैंसी किन्न आए, बेहोस बनाएर लुटेर भागे

भैंसी किन्न आए, बेहोस बनाएर लुटेर भागे

दैलेख : जिल्लाको भैरवी गाउँपालिका-१ रावतकोमा भैँसी किन्ने बहाना आएका तीन जना अज्ञात व्यक्तिहरूले लुटपाट गरेका छन्।

 

 

बिहीबार राति भैँसी किन्ने बहानामा आएका तीन जना अज्ञात व्यक्तिहरूले गाउँपालिका–१ रावतकोट बस्ने सेते खत्रीको घरमा आई नाम नखुलेको औषधि खुवाई लुटपाट गरेका दैलेख प्रहरीले जनाएको छ।

सेतेकी श्रीमती ६९ वर्षीया माग्ली खत्री र छोरी ४८ वर्षीया नानकला खत्री बेहोस भएपछि प्रहरीलाई स्थानीयले खबर गरेका थिए। उनीहरूलाई उपचारका लागि दैलेख अस्पताल ल्याएकोमा थप उपचारका लागि सुर्खेत पठाइएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले थाहाखबरलाई बताए।

उनीहरूलाई कुन औषधि खुवाएर बेहोस बनाइएको हो भन्नेबारे नखुलेको प्रहरीले जनाएको छ। सेतेको परिवार उपचारपछि फर्किएपछि मात्र के–कति सामग्री लुटिएको छ भन्नेबारे खुल्ने प्रहरी प्रमुख श्रेष्ठले बताए।

प्रहरीका अनुसार औषधि खुवाई लुटपाट गर्ने तीन जनाको अज्ञात व्यक्तिहरूको खोजी कार्य भइरहेको जनाएको छ। स्थानीयले विभिन्न बहानामा लुटपाट गर्ने व्यक्तिहरूको खोजी गरी कारबाही गर्न माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0