पारस खड्का – Online Khabar


२० साउन, काठमाडौं । नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट व्यवस्थापनमा सफल भए राजनीतिमा आउन सक्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको भोलिपल्ट पत्रकार सम्मेलन गर्दै पारसले आफ्नो पहिलो प्राथमिकता क्रिकेट संघमा जाने रहेको बताए । क्रिकेट संघको कुन भूमिका रहने भन्ने कुरा भविष्यमा तय हुने बताउँदै उनले भने, ‘आजबाट मेरो करियर सुरु भएको छ । यो चुनौतिपूर्ण छ ।’

उनले क्रिकेट एकेडेमी खोल्ने र त्यसलाई देशभर पुर्‍याउने योजना रहेको पनि सुनाए । क्रिकेटको क्षेत्रभन्दा टाढा नरहने उनले बताए ।

आफ्नो पहिलो प्राथमिकता क्रिकेट नै रहेको बताउँदै उनले भने, ‘राम्रो अवसर आयो भने राजनीतिमा पनि हुनसक्छु ।’





यो पनि पढ्नुहोस
पारसको संन्यास : ‘एक युगको अन्त्य’



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0