नागरिकता विधेयक चाँडो पारित गर्न माग गर्दै माइतीघर मण्डलामा धर्ना (फोटो फिचर) – Online Khabar


२० साउन, काठमाडौं । संसदमा विचाराधीन नागरिकता विधेयक चाँडो पारित गर्न माग गर्दै काठमाडौंको माइतीघरमा धर्ना दिइएको छ । ‘नागरिकताविहीन नेपालीहरु’ समूहको संयोजकत्वमा बुधबार माइतीघर मण्डलामा दबाबमूलक धर्ना दिइएको हो ।

प्रदर्शनमा सहभागीहरुले संविधानको धारा ११ को उपधारा (३) र (५) छिटो कार्यान्वयन गर्न माग गरेका छन् । यस्तै विगतका दिनमा नागरिकता नपाएर गुमाएके सेवा सुविधाको क्षतिपूर्ति दिनुपर्ने पनि उनीहरुको माग छ ।

धर्नापछि माइतीघरबाट निकालेको र्‍याली नयाँबानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0