कोरोना खोप लगाएको प्रमाणपत्र लिन सास्ती – Online Khabar


७ साउन, काठमाडौं । टेकु अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिनेहरुको भिड लागेको छ । प्रमाणपत्र लिन आएकाहरुको ठेलमठेल छ ।

वैदेशिक रोजगारीमा जानेहरुलाई कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र अनिवार्य गरिएको छ । त्यसैले टेकु अस्पतालमा भेला भएकाहरु पनि धेरैजसो विदेश जान लागेकाहरु छन् । उनीहरु मुख्य गेटबाहिर प्रमाणपत्र लिन प्रतिक्षा गरिरहेका छन् । एक युवकले गएराति १२ बजेदेखि नै लाइनमा बसिरहेको बताए ।

टेकु अस्पतालबाट खोप लगाएको प्रमाण पत्र लिन आएकाहरुको लामो लाइन छ । कोरोना संक्रमणबाट जोगिन एकअर्काबीच दुरी कायम गर्नुपर्ने भए पनि त्यो नियम यहाँ पालना भएको छैन ।

खोप लगाएको प्रमाणीकरण टेकु अस्पतालबाट मात्र हुने भएकाले प्रमाणपत्र लिन आउनेहरुले सास्ती व्यहोर्दै आएका छन् ।

हेर्नुहोस् तस्वीरहरु



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0