मेगा रेमिटबाट अब सिधै खल्ती वालेटमा पैसा पठाउन सकिने


काठमाडौं । खल्ती डिजिटल वालेटबाट पनि अब मेगा रेमिट सेवा उपलब्ध हुने भएको छ । मेगा बैंक र खल्ती डिजिटल वालेटको स्पारो पे प्राइभेट लिमिटेबीच रेमिट भुक्तानी सेवाका लागि साझेदारी गर्ने सम्झौता भएको हो ।

सम्झौता अनुसार, अब सर्वसाधारणहरुले मेगा रेमिटमार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम खल्ती डिजिटल वालेटबाट पनि प्राप्त गर्न सक्ने भएका छन् ।

यसका साथै, बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया, इजरायल, जोर्डन, कुवेत, युएई, मलेसिया, साउदी अरब र भारतबाट मेगा रेमिटमार्फत पठाएको रकम खल्तीमार्फत प्राप्त गर्न सकिनेछ ।

नेपालभित्र पनि खल्तीमार्फत रकम पठाउन र प्राप्त गर्न सकिने व्यवस्था मिलाइएकोमा यो व्यवस्थाले मेगा बैंकको रेमिट्यान्स सेवाको दायरालाई अझै फराकिलो बनाउदै ग्राहकहरुमा थप सहजता प्रदान गर्ने मेगा बैंकले जनाएको छ ।





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0