सनराइज बैंकमा एटीएम कार्डको प्रयोग नगरी पैसा निकाल्ने सुविधा


काठमाडाैं । सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । हालसम्म ग्राहकहरुले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटीएम मसिनबाट रकम झिक्दै आएकोमा अब सनराइज बैंकको कार्डलेस भुक्तानी सेवा सञ्चालनमा ल्याएकाे हाे ।

यसअन्तर्गत कार्डको प्रयोग बिना नै एटीएम मसिनबाट रकम झिक्न सक्नेछन् । ग्राहकले मोबाइल बैंकिङ्ग प्रयोग गरी कार्डलेस ‘विदड्र’ अप्सनमा गई आफूले भुक्तानी गर्न चाहेको रकम हाली सब्मिट गर्नुपर्नेछ । त्यसपछि ग्राहकको सम्बन्धित मोबाइल नम्बरमा ओटीपी कोड एसएमएसमार्फत आउनेछ ।

बैंकको एटीएममा गई कार्डलेस ‘विदड्र’ अप्सनमा रोजी एसएमएसमा आएको कोड प्रयोग गरी सजिलै कार्ड बिना नै रकम झिक्न सकिने छ । यस प्रक्रियामा आएको कोड भने गोप्य र सुरक्षित राख्न अति आवश्यक रहेको बैंकले जनाएकाे छ ।

नयाँ र अत्याधुनिक यस प्रबिधिको प्रयोगले भौैतिक कार्ड बोक्न बिर्सेको अबस्थामा पनि मोबाइल बैंकिङ्ग प्रयोग एटीएम मार्फत सजिलै रकम झिक्न सकिने छ ।

सनराइज बैंकले यस अघि पनि मिस्ड कलबाट बत्तिको बिल भुक्तानी, मोबाइल बिल भुक्तानी जस्ता सजिला र आधुनिक सेवाहरु प्रदान गर्दै आएको छ । यो सुविधा ग्राहकहरुले बैंकको देशभरी रहेका सबै एटीएममार्फत लिन सकिने बैंकले जनाएको छ ।





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0